१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

तिलोत्तमा । लकडाउनका कारण खाद्यन्न संकट भोगेका परिवारलाई राहत दिन रुन्देहीको तिलोत्तमा नगरपालिकामा ‘खाद्य बैंक’ स्थापना गरिएको छ । उद्योगी, व्यवसायी, नगरबासी, सहयोगी जोकसैले स्वेच्छिकरूपमा खाद्य सामग्री जम्मा गर्न सक्नेगरी खाद्य बैंकको अवधारणा ल्याइएको हो । नगरपालिकाले यसअघि नैं नगद संकलनका लागि बैंक खाता खोलेको थियो ।

Advertisement

खाद्य बैंकमा दाताहरुले चामल, दाल, नून, तेल सङ्कलन गर्न सक्ने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । खाद्य बैंकको प्रधान कार्यालय नगरपालिकाको कार्यालयमा रहेको छ भने शाखा कार्यालयको रुपमा वडा कार्यालयहरु रहेका छन् । कोरोना महामारीको कारण गरिएको लकडाउनबाट प्रभावित परिवारलाई गरिने खाद्य सहयोग कार्यक्रममा सहभागिता जनाउन चाहनेहरुले आ—आफ्नो वडा वा नगरपालिका कार्यालयमा खाद्यान्न सहयोग गर्न सक्नेछन् ।

राहत कोषमा सहयोग गर्न चाहने कुनै व्यक्तिसँग नगद रकम नहुने तर जिन्सी खाद्यबस्तु हुनसक्ने भएकोले उनीहरुको सहयोगलाई एकीकृत गर्न खाद्य बैंकको अवधारणा ल्याइएको नगर उपप्रमुख एवम् खाद्य व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले बताइन् ।

खाद्य बैंकमा संकलन भएको खाद्यबस्तु आवश्यकता र औचित्यको आधारमा टोल विकास संस्थामार्फत् खाद्य अभाव भएका परिवारलाई वितरण गरिनेछ । सरकारले लिएको राहत वितरणका लागि एकद्वार नीतिमा नगरबासीका साथै सहयोगी सबैलाई सामेल गराउन यो अवधारणाले सहयोग पुर्याउने नगर प्रमुख घिमिरेको भनाइ छ ।

खाद्य बैंकको अवधारणाले चामल पर्याप्त मात्रामा संकलन हुने नगरपालिकाको अपेक्षा छ । तिलोत्तमाका अधिकांश स्थायी बासिन्दाले आफूलाई वर्षभरी चाहिने चामल अग्रिम जोहो गरेका हुन्छन् । यहाँ झण्डै ६० प्रतिशत जग्गामा खेती हुने गर्दछ । न्यून आय भएका परिवार तथा सबै प्रकारका मजदुरलाई प्राथमिकतामा राखी राहत दिन खाद्य बैंक स्थापनाले टेवा पुर्याउने नगरपालिकाको विश्वास छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड