ताजा अपडेट »

'एक कल फोनमा खाना र एम्बुलेन्स सेवा'

बुधबार, ०३ बैशाख २०७७, २१ : ००
12 Shares
बुधबार, ०३ बैशाख २०७७
12 Shares

भैरहवा । लकडाउनको कारण मानविय जीवनशैली कष्टकर बन्दै गएको छ । यस्तो बेला निम्न वर्गिय मानिसहरुलाई झनै सास्ती खेप्नु परेको छ । दिनभरी काम गरेर विहान बेलुकाको हातमुख जोर्नेहरुकोलागि सरकारले राहत बितरण गरिरहेका छ।

तर त्यसो गर्दा पनि कोहि वास्तवीक समस्यामा परेका छुट्न गएमा एक कल फोन गर्न सिद्धार्थनगर पालिका वडा नम्बर ३ को कार्यलयले अनुरोध गरेको छ । वडाध्यक्ष थानेश्वर पौडेलले आज एक सूचना जारी गर्दै सिद्धार्थनगर पालिका वडा नम्बर ३ मा बसोबास गर्ने जो कोहिलाई पनि सांझ बिहानको खानाको समस्या परेमा तत्काल वडा कार्यलयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।उनले भनेका छन, ‘यो वडामा कोहि पनि भोकै हुनुहुदैंन । वडा कार्यलयले नगरपालिकाको समन्वयमा आवश्यक तयारी गरेको छ। ’ वडापालिकाले कसैलाई खानाको समस्या भएमा वा तत्काल एम्बुलेन्स सेवा चाहिएमा तत्काल वडाका अध्यक्ष तथा सदस्यहरुलाई सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

वडाअध्यक्ष थानेश्वार पौडेलको मोबाइल नम्बर ९८५७०२२७४१, वडासदस्यहरु रुपा पुन ९८४४११६९५, बेलकुमारी निरन्जन ९८६४४७०९५८, मोलहु गुप्ता ९८४७२९३९३०, नारयण प्रसाद उपाध्यय ९८५१०३१५२९ मा सम्पर्क गर्न पनि वडाले अनुरोध गरेको छ । वडाकार्यलयले कोहि मान्छे समस्यामा परेको देखेमा तत्काल देख्ने मान्छेले पनि उपरोक्त नम्बरमा सम्पर्क गरी जानकारी गराईदिए वडा कार्यलयले समस्या समाधानमा भूमिका खेल्ने बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।