ताजा अपडेट »

युवा संघद्वारा सीमामा खटिएका सुरक्षाकर्मीलाई पिपिई

बुधबार, ०३ बैशाख २०७७, १६ : २९
6 Shares

बुटवल । सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई ध्यानमा राखी राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासीले ती सुरक्षाकर्मीहरुलाई पिपिई उपलब्ध गराएको छ । नेपाल–भारत सीमामा कडा निगरानी गर्न खटिएका सुरक्षाकर्मीहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुका लागि संघले ४१ थान पर्सनल प्रोटेक्टिभ ईक्वीपमेन्ट (पिपिई) उपलब्ध गराएको हो ।

भारतमा कोरोना संक्रमण तीब्र रुपले फैलिरहेको बेला नवलपरासी खुल्ला सिमाना भएका कारण यो जिल्ला पनि उच्च जोखिममा छ । देशमा लकडाउन र सीमा बन्द भएपनि भारतबाट लुकिछिपी नेपाली छिर्न खोज्ने व्यक्तिहरुलाई पक्राउ गर्न र यस्तो लकडाउनका बेला सीमा क्षेत्रमा कोरोना संक्रमणका लक्षण देखिने व्यक्तिहरुको शीघ्र उद्दारका तिनै प्रहरी खटिनुपर्ने भएकाले ती सुरक्षाकर्मीहरु उच्च पनि जोखिममा रहेको भन्दै संघले उक्त पिपिई उपलब्ध गराएको संघका जिल्ला अध्यक्ष युवराज डुम्रेले जानकारी दिए ।

जिल्ला कमिटीले औषधि व्यवसायी महासंघबाट खरिद गरिएको गुणस्तरीय उक्त ४१ थान पिपिई जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गर्दै सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई उपलब्ध गराउन आग्रह गरेको हो ।त्यसैगरी सीमामा कडाई गर्न नेपाल तथा सशस्त्र प्रहरीहरु संयुक्त रुपमा खटिरहेका छन् । अस्थायी पोष्ट बनाएर रातदिन सीमामा निगरानी गरिहेको सुरक्षाकर्मीहरु रातिको समयमा अँध्यारोले समस्या भैरहेका बेला मनोबल उच्च पार्न युथ अफ सुस्ताले सुस्ता गाउँपालिकामा पर्ने ती अस्थायी पोष्टहरुमा बिजुली बत्ति समेत बालेर सहयोग गरिदिएको छ ।

त्यसैगरि पिपिई अभावकै बेलामा अस्पतालहरुमा उपचार सेवा प्रदान गरिरहेका चिकित्सकहरुलाई उपलब्ध गराउने उद्देश्यले रामग्राम नगरपालिका १० नदुवामा रहेको लुम्बिनी पेपर बोर्ड मिल प्रा.लिले पनि जिल्ला प्रशासन कार्यालयलाई १० थान पिपिई हस्तान्तरण गरेको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।