ताजा अपडेट »

संवेदनशिल भएनौं कि !

बुधबार, ०३ बैशाख २०७७, १२ : ३२
16 Shares

काठमाण्डौंबाट ६ दिन हिँडेर बल्ल कपिलवस्तु वनगाई पुगेको एउटा पैदलयात्री समूह गएको राति पिपरा शिवालय मन्दिरमा बसेको र स्थानीय युवाहरुले खाना खुवाएको बताए । यिनिहरु मध्ये केहि कालिकोट र केहि कैलालीसम्मका छन् । केही बच्चा सहितका महिलाभएको समूह त राति २ बजे नै बसेको ठाउँवाट हिडेको बताए । यस्ता तमाम पैदल यात्री अहिले पूर्व–पश्चिम राजमार्गमा दिनहँु भेटिन्छन् । यिनमा धेरैजसो बाटोमा हिड्दा हिड्दै समूह बनेका त केही संगठित संस्थामा काम गरेका समूह पनि भेटिन्छन्।

यत्रो दिन लकडाउनमा बसेर अहिले फेरि किन बाटा लाग्नुभयो ? भनेर सोद्धा केहिले लकडाउन लम्बिने सम्भावना र काठमाडौंमा कोरोना केस बढेकाले डरले हिडेको र केहिले काठमाण्डौमा राहत बाड्दा बाहिरका मान्छेलाई उपेक्षा गरेकाले बाध्य भएर हिडनु परेको पनि वताए । उनिहरु हामिसँग हुँदै गर्दा कालिकोटकोट वाडा नगरपालिकाका मेयर जासिप्रसाद पाण्डेको फोन आएको थियो । उनले कोहलपुर पुगेपछि सम्पर्कमा आउन भनेका थिए ।

प्रहरी चौकिहरुले बटुवासँग ठेगाना, फोन लिने र सम्बन्धित ठाउँमा खवर गर्नाले यसरी फोन आउँदो रहेछ । कतै–कतै प्रहरीले उनिहरुलाई सम्बन्धित जिल्ला या प्रदेश नाकासम्म र्पुयाउने व्यवस्थासम्म गर्दा रहेछन् । यात्राको क्रममा उनिहरुले विभिन्न क्लब या असंगठित युवा समुहले गरेको सहयोग तारिफ गरेपनि स्थानीय सरकारप्रति भने गुनासो गरे । संघीयताले भावना पनि टुक्राएछ । आफ्नो भूूगोलभन्दा बाहिरकालाई मानविय सहयोगको भावना पनि देखाएनन् । हामी अहिले लकडाउनका बारेमा जति सचेत छौ त्यति ‘जसरीपनि’ घर जानु पर्ने यस्ताको बारेमा संवेदनशिल भएनौ कि !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।