ताजा अपडेट »

लकडाउनका कारण २ अर्ब बढीको दुध खेर गयो : डेरी व्यवसायी

बुधबार, ०३ बैशाख २०७७, ०८ : ४३
6 Shares

बुटवल । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण मुलुक लकडाउन भएपछि नेपालमा दुई अर्ब बढीको दुध नोक्सान भएको छ । नेपाल डेरी एशोसिएसनका सातै प्रदेशका अध्यक्षहरु बीच सोमबार र मँगलबार दुई दिन भएको भिडियो बैठकमा लक डाउनका कारण खपत न्यून तथा बजारमा पुर्याउन नसक्दा सो मूल्य बराबरको दुध नोक्सान भएको निष्कर्श निकालेको केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

कृषकबाट सबै दुध उठाउनु पर्ने तथा डेरीहरुमा स्टोर क्षमता कम भएका कारण खपत नभएको दुध खेर गएको हो । यसै गरि दूध कलेक्सन गरिरहने र बजार नबढ्ने हो भने उद्योग बन्द गर्नुको बिकल्प नभएको बताउँदै उनले चिन्ता व्यक्त गरे । एशोसिएसनको बैठकले दुधको चक्र लामो भएकोले रोग सर्न सक्ने उच्च सम्भावना रहेको बताउँदै सोको सतर्कता अपनाउन सरकारबाट उचित कदम चाल्नका लागि माग समेत गरेकोछ ।

उद्योगीहरुका लागि सरकारले उचित राहतको व्यवस्था गर्नुपर्ने माग राख्दै उनिहरुले शून्य ब्याजमा ऋण, भ्याट कर छुट, किसानलाई तत्काल पशुलाई खुवान दानाको ब्यवस्थापन गर्न पर्ने, दूध खेर जादा त्यसको उचित ब्यस्था हुने पर्ने लगाएतका माग राखेका छन् । कोरोना संक्रमणका कारण विश्व नै सकट्मा परेको अवस्थामा सबै मिलेर शंकटको सामना गर्नुपर्ने निश्कर्ष निकाल्दै बैठकले आफ्ना सदस्यहरुलाई राज्यले चालेका हरेक कदमलाई साथ दिन आग्र गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।