२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

काठमाण्डौं । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २४ सय भन्दा बढीको ज्यान गएको छ।  पछिल्लो समय कोभिड-१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघेको छ। वल्डोमिटरको तथ्याङकअनुसार अमेरिकामा हालसम्म संक्रमितको संख्या ६ लाख १३ हजार आठ सय ८८ पुगेको छ  भने मृतकको संख्या २६ हजार ४७ जनाले ज्यान गुएका छन्। 

समयमै उचित कदम चाल्न नसकेको अमेरिकाले अहिले दैनिक ठूलो संख्यामा मानवीय क्षति बेहोेरिरहेको छ। यहाँसंक्रमित हुने र ज्यान गुमाउनेको संख्या दैनिक तीब्र गतिमा थपिने क्रममा छ। अन्य मुलुकको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण अवस्था झनै जटिल बन्दै गइरहेको छ।  संसारकै वित्तिय राजधानी मानिने न्यूयोर्कमा मात्रै संक्रमितको संख्या २ लाख भन्दा बढी छ।  मृतकको संख्या १० हजार ८ सय नाधेको छ। बाक्लो जनसंख्या रहेको न्यूयोर्कमा सार्वजनिक सवारीमा मानिसहरुले यात्रा गरिरहेका कारण र ठूलठुला भवनहरुमा मानिसहरु बस्ने गरेका कारण पनि यहाँ संक्रमित संंगै मृतकको संख्यामा बृद्धि भएको अमेरिकी सञ्चार माध्यमहरुले बताउदै आएका छन्।  अमेरिकामा न्यूयोर्कपछि बढी संक्रमित हुने राज्य न्यूजर्सी हो। न्यूजर्सी राज्यमा ६८ हजार संक्रमित छन्, भने चार हजार भन्दा बढीको ज्यान गइसकेको छ। 

विश्वभर  १ लाख २६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्।  १९ लाख ९७ हजार भन्दा बढीमा  कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा २१ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। त्यस्तै स्पेनमा १८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।  स्पेनमा १ लाख ७४ हजार ६०, इटालीमा १ लाख ६२ हजार ४ सय ८८, फ्रान्समा १ लाख ३१ हजार ३ सय ६१, जर्मनीमा १ लाख ३१ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित ४ लाख ७८ हजार ४ सय ३ जना उपचारपछि निको भएका छन्। चीनमा ७७ हजार ८ सय १६, जर्मनीमा ६८ हजार २ सय तथा स्पेनमा ६७ हजार ५ सय ४ जना उपचारपछि निको भएका हुन्।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता