ताजा अपडेट »

भारतीय तरकारीको आयात रोक्न दाङमा बजार सिल

मंगलबार, ०२ बैशाख २०७७, १८ : २४
4 Shares

दाङ। मंगलबार भारतबाट अबैद्य रुपमा तरकारी दाङको तुलसीपुरमा भित्रिएको खबर पाए लगतै स्थानीय प्रशासनले तुलसीपुर तरकारी तथा फलफुल बजारलाई सिल गरिदिएको छ । भने तरकारी ल्याउने २ जना र तुलसीपुरका तरकारी ब्यबसायी २ गरि ४ जनालाई क्वारेन्टाईनमा लगिएको जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ लगायतको अनुगमनबाट भारतीय तरकारी अवैध ढँगबाट भित्रिएको भन्दै सिल गरिएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा अधिकृत रेवा रावत जानकारी दिए । कोरोना भाईरस संक्रमणले बिश्वभर महामारि रुप लिईरहदा भारतमा समेत संक्रमणबाट मर्नेको संख्या बढदै गएको समयमा चोरनाकाबाट ल्याएको तरकारी र तरकारी ल्याउने ब्यक्तिमा संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

तरकारी जस्तो अत्यन्त संवेदशिल कुरामा यस प्रकारको लापरवाही राम्रो होइन, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत(बिरु)ले बताए । भारतिय तरकारी र फलफुल विक्री गरेको भन्दै सापकोटा तरकारी पसल र मनोज फ्रुट हाउसका सञ्चालकलाई कारवाही गरिने भएको छ । भने तुलसीपुर तरकारी बजारलाई ३ दिन सम्मका लागि वन्द गरिनेछ।

कोरोना संक्रमणको प्रकोप वढिरहेको समयमा पनि भारतबाट कुनै पनि प्रक्रिया पुरा नगरेर गाडी ल्याउने गरिएको अध्यक्ष रावतले बताए । हरेक दिन तरकारी वजारमा ५ वटासम्म भारतिय गाडीले तरकारी ल्याउने गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।