ताजा अपडेट »

पाल्पाका ४५० परिवारलाई अर्घाखाँची सिमेण्टद्वारा राहत प्रदान

मंगलबार, ०२ बैशाख २०७७, १६ : १३
2 Shares

बुटवल । अर्घखाँची सिमेण्ट प्रा.लि.ले पाल्पाको तिनाउ गाउँपालिका ३, श्री डाँडा पाल्पाका २०० परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित विपन्न परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले सहयोग गरेको हो । सो क्षेत्रको खानीबाट उद्योगलाई कच्चा पदार्थ प्राप्त हुने हुनाले सोही क्षेत्रका वासिन्दा संकटमा पर्दा सहयोग गर्नु उद्योगको दायित्व रहेको उद्योगका महाप्रबन्धक उद्धब बहादुर कार्कीले बताए ।

तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ति मगरले संकटको समयमा श्री डाडाँ बासीलाई जिविकोपार्जनको लागि अत्यावश्क खाद्यान्न सामग्री प्रदान गरेर उद्योगले आफ्नो दायीत्तव पुरा गरेकोमा उद्योग परिवारलाई धन्यवाद व्यक्त गरे । तिनाउ गाउँपालिका वडा नं–३ को समन्वयमा मंगलवार परिवार संख्याको आधारमा दाल, चामल, तेल, नून, सोयाबिन तथा हात धुने साबुन सहितका करिब १५ किलो खाद्य समाग्री भएको बोरा पिडीत परिवारलाई वितरण गरिएको उद्योगका मार्केटीङ म्यानेजर निलकण्ठ खनालले बताए । सो क्षेत्रका अन्य विकट स्थानका विपन्न परिवारहरुको पनि तथ्यांक संकलन गरी राहत प्रदान अभियानलाई निरन्तरता दिइने खनालले बताए ।

रुपन्देहीको सियारी गाउँपालिकामा रहेको उद्योगले यस अघि हिजोनै आफ्नो खानी क्षेत्र पाल्पा जिल्लाकै माथागढि गाउँपालिका–५ धामिगाका २५० बढि विपन्न परिवारलाई राहत सामाग्री बितरण गरेको थियो । हिजो र आज गरि पाल्पा जिलमा मात्रै यस उद्योगले ४५० बढि घरधुरीलाई राहत सामाग्री प्रदान गरेको हो ।

उद्योगले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा राहत कोषमा निजी क्षेत्र बाट अहिलेसम्कै सबैभन्दा बढि सहयोग रकम रु ५१ लाख प्रदान गरिसकेको छ । प्रदेशको कोषमा हालसम्मकै ठूलो सहयोग गर्ने प्रतिष्ठान लगाएत सम्पूर्ण संघसंथामा अर्घखाँची सिमेण्ट अग्रपंतिमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।