ताजा अपडेट »

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार बढी, संक्रमितको संख्या १९ लाख नाघ्यो

मंगलबार, ०२ बैशाख २०७७, ०७ : ५१
8 Shares

बुटवल । विश्वभर कोरोना भाइरस (कोभिड-१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख साढे १९ हजार बढी रहेको छ भने संक्रमित हुनेको संख्या १९ लाख नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार सोमबारसम्म विश्वमा कोरोनाका कारण विश्वमा १ लाख १९ हजार ६ सय ५५ जनाले ज्यान गुमाइसकेका छन्। १९ लाख २४ हजार ३ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमितमध्ये हालसम्म ४ लाख ४४ हजार ८ सय ३६ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्। हालः विश्वका विभिन्न अस्पताल र घरमै बसी १३ लाख ५९ हजार ८ सय ३४ जनाले कोरोनाको उपचार गरिरहेका छन्। उपचारतमध्ये ५१ हजार ७ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ भने १३ लाख ८ हजार ९२ जनाको अवस्था सामान्य रहेको छ।

कोरोना भाइरस पहिलोपटक विश्वमा सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयताको साढे तीन महिनाको अवधिमा कोरोना भाइरस विश्वको २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ।

अहिले विश्वमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा क्रमसः अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, चीन, इरान, टर्की, बेल्जियम, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड्स र क्यानडा रहेका छन्।

कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा रहेको छ। अमेरिकामा हालसम्म ५ लाख ८६ हजार ९ सय ४१ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ, जसमध्ये २३ हजार ६ सय ४० जनाको मृत्यु भइसकेको छ।

स्पेनमा कोरोनाम भाइरसका संक्रमित १ लाख ७० हजार ९९ रहेकोमा १७ हजार ७ सय ५६ जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५९ हजार ५ सय १६ पुगेको छ। यीमध्ये २० हजार ४ सय ६५ जनाको मृत्यु भइसकेको छ।

फ्रान्समा १ लाख ३६ हजार ७ सय ७९ कोरोनाका संक्रमित रहेकोमा हालसम्म १४ हजार ९ सय ६७ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा १ लाख ३० हजार ७२ जना कोरोना संक्रमित रहेकोमा ३ हजार १ सय ९४ जनाको मृत्यु भएको छ। बेलयातमा कोरोना संक्रमितको संख्या ८८ हजार ६ सय २१ पुगेको छ। यीमध्ये ११ हजार ३ सय २९ जनाको मृत्यु भइसकेको छ।

चीनमा कोरोनाका संक्रमित ८२ हजार २ सय ४९ रहेको छ, जसमध्ये ३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ। इरानमा ७३ हजार ३ सय ३ जना कोरोना संक्रमित रहेकोमा हालसम्म ४ हजार ५ सय ८५ जनाको मृत्यु भइसकेको छ। टर्कीमा कोरोना संक्रमितको संख्या ६१ हजार ४९ पुगेको छ । यीमध्ये १ हजार २ सय ९६ जनाको मृत्यु भएको छ। बाँकी संक्रमित र मृत्यु हुने अन्य देशम रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।