ताजा अपडेट »

नव वर्ष ०७७ : विजयी वर्ष बनोस्

सोमबार, ०१ बैशाख २०७७, १४ : ५६
8 Shares

नेपाली पात्रो अनुसार मुलुकमा पूरानो वर्षको अन्त्यसँगै नयाँ वर्षको सुरुवात भएको छ  । वि.सं.२०७६ को समाप्तिसँगै सोमबारबाट वि.सं.२०७७ को शुभारम्भ भएको छ । हरेक वर्षसँगै मुलुक र जनतामा नयाँ सोँच र उत्साहका साथ विभिन्न योजनाहरू तय हुन्छन् । हरेक वर्षको समाप्तिसँगै नयाँ वर्षको आगमन हुनु र उक्त वर्ष पनि पुनः सकिएर अर्को नयाँ वर्ष आउनु वैधानिक नियम नै हो । तर,नयाँ वर्षमा प्रवेश गरिरहँदा नेपालको अवस्था भने फरक छ । यतिबेला विश्वसँगै नेपालपनि कोरोना संक्रमणसँग प्रतिवाद गर्दैछ । जुन अन्य देशहरुले भने पार गरेका छन् । अर्थात् डिसेम्बरबाट सुरु भएको कोरोना (कोभिड–१९) ले ति देशहरु पनि पूरानो वर्ष सन्–२०१९ लाई विदाई गर्दै नयाँ वर्ष सन्–२०२० लाई हर्षका साथ स्वागत गर्ने तयारीमा थिए ।

नेपालको सन्दर्भमा २०७६औं वि.सं.का वर्षहरू बितिसकेका छन् । यस दौरान मलुकले धेरै चरणहरू पार गर्यो । त्यसैगरी लाखौं मानिसहरूको जन्म र मृत्यु भयो भने हाल करिब तीन करोड जनसंख्या रहेको छ । तर, अहिलेको जस्तो अवस्था सम्भवतः इतिहासमा नै थिएन । वि.सं. को सुरुवात र निरन्तरता कसरी भयो भन्ने विषय इतिहास हो । हामीले पछिल्ला वर्षहरू बारे भन्नु पर्दा जहाँनिया १०४ वर्षे राणाशासनको अन्त्यसँगै वि..सं.२००७ सालमा मुलुकमा प्रजातन्त्रको उदय भएको थियो । तसर्थ नेपाली इतिहास र वर्षहरूमा त्यसपछिका हरेक वर्षहरू विभिन्न घटना तथा विषयहरूका कारण अविष्मरणिय एवम् ऐतिहासिक रहेका छन् ।

प्रजातन्त्रका ६ दशकको यो अवधीमा मुलुक विभिन्न पद्धती र नेतृत्वबाट फरक अनुभवका साथ यहाँसम्म अर्थात् ०७७सम्म आएको छ । वितेका यि वर्षहरूमा प्राप्त उपलब्धीहरू संस्थागत हुन निकै चुनौती रहे । यस दौरान प्रजातन्त्र, पञ्चायत,बहुदल,लोकतन्त्र र गणतन्त्र जस्ता परिवर्तनहरू भए । परिवर्तनका लागि केही ठूला आन्दोलनहरू पनि भए । त्यस्तै ५०को दशकमा द्वन्द्वमा नै बित्यो । तर, ६० को दशकपछि मुलुक फरक पद्धती र मार्गमा यात्रा गरिरहेको छ भने जनताले परक शासन पद्धतीको अनुभव गरेका छन् । वि.सं.२०६/६३ को जनआन्दोलनको उपलब्धीसँगै गणतन्त्रको सुरुवात भएको थियो। त्यसैगरी मुलुकले नयाँ संविधान पनि प्राप्त गर्यो । सोही संविधान अनुसार वि.सं.२०७४मा उक्त संविधान अनुसार तीनै तहका निर्वाचन सम्पन्न भएका छन् । नेपालको इतिहासमा वर्ष०७५ संघीय गणतन्त्रको कार्यान्वयनको पहिलो वर्ष भयो । त्यसैगरी वर्ष ०७६ संघीय संरचना अनुसार गतिको वर्ष बन्यो ।

नेपालको संविधान २०७२ अनुसार ०७४ मा संघिय प्रणालीका लागि तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि ०७५/०७६ संघिय ढाँचाको सुरुवाती तथा अभ्यासरतसँगै विकासका लागि जगका वर्ष बने  । संघीयतालाई व्यवहारिक रूपमा कार्यान्वयनतर्फ उन्मुख गरेको बितेको वर्षले संघियता कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निकै महत्वपूर्ण बनाएको छ । मानिसको जीवनमा एक वर्षको समय जति महत्वपूर्ण हुन्छ , लाखौं गुणा महत्वपूर्ण मुलुकका लागि हुन्छ । प्रष्पिर्धाको वर्तमान समयमा कैयौं वर्षहरू , दशकहरू मात्र नभई शाताब्दी नै सामान्य रूपमा बितेका छन् । विकासका दृष्टिकोणले नेपाल धेरै पछि परेको छ । राजनीतिक अस्थिरता लगाएतका समस्याले आजसम्मका वर्षहरूमा खासै उल्लेखनिय उपलब्धी भएका छैनन् । तसर्थ गत वर्ष प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै यस वर्षलाई थप महत्वपूर्ण र उपलब्धीमूलक बनाउन आवश्यक रहेको छ ।

यसको लागि सबै आम नागरिकले आफ्नो कर्तव्य पालना गर्नु पर्दछ भने नेतृत्व अर्थात जनप्रतिनिधिहरूले जनता र मुलुकप्रति जिम्मेवार बन्दै आफ्नो दायित्व पूरा गर्नु पर्दछ । यदि यसो भएमा वर्ष ०७७ मा वर्तमान संकटसँग जुद्धै विश्वको समृद्ध राष्ट्रलाई परास्त गरेको भाइरसमाथि हाम्रो विजय प्राप्त गर्न सकिन्छ । ‘समृद्ध नेपाल,सुखी नेपाली’ को यात्रामा बाधक मात्र होइन मृत्युु नै बनेर आएको कोरोना भाइरसलाई पराजित गर्ने सामथ्र्य सम्पूर्ण नेपालीलाई प्राप्त होस् । त्यतिमात्र नभई नयाँ वर्षले नेपाली जन–जीवनलाई शिघ्र यथा स्थानमा ल्याउँदै पुनः समृद्धतर्फ उन्मुख गरोस् । तसर्थ वि.सं.२०७६ सालमा मुलुकमा जे–जस्ता ठूला आपराधिक तथा दैविप्रकोपका घटनाहरू घटे र उक्त घटनाहरूबाट जनतालाई अफ्ठारो र पिडाको सामना गर्नु पर्यो,पुनःनदोहोरिन् । विशेषगरी वर्ष ०७७ को सुरुवात नै विश्वमा लाखभन्दा बढीको प्राण लिएको पृथ्वीमा मानव जातीको मृत्यु बनेर आएको कोरोना भाइरस माथि विजयी वन्न सफल होस् । कुनैपनि नेपाली कोरोनाबाट पराजित हुन नपरोस् । मलुक र सम्पूर्ण जनताको कोरोना माथी विजयी प्राप्त हुँदै समृद्ध र सफलताको वर्ष बनोस् । नव वर्ष ०७७को शुभकामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।