ताजा अपडेट »

निर्माण व्यवसायीद्वारा प्रदेश सरकारको कोषमा १३ लाख

सोमबार, ०१ बैशाख २०७७, १३ : ३५
4 Shares

बुटवल । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि निर्माण व्यवसायीहरुले प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको राहत कोषमा रु. १३ लाख रुपैयाँ सहयोग गरेका छन्।मुख्यमन्त्री शंकर पोखरेललाई राहतकोषमा जम्मा गरेको रु.१३ लाखको भौचर नेकपा. रुपन्देहीका जिल्ला कमिटी सचिवालय सदस्य तथा पार्टी उद्योग व्यवसायी तथा अर्थ विभाग प्रमुख गोपाल रानाको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझीले हस्तान्तरण गरेका हुन ।

मुख्यमन्त्री कार्यालयमा भएको हस्तान्तरण कार्यक्रममा नेकपा. रुपन्देहीका जिल्ला कमिटी सचिवालय सदस्य तथा पार्टी उद्योग व्यवसायी तथा अर्थ विभाग प्रमुख रानाले देशलाई परेको संकटको यो घडिमा सबै उद्योग व्यवसायीहरुले नेपाली जनतालाई साथ दिन तयार रहेको बताए।पेशा व्यवसायी गर्नेहरुलाई पनि लकडाउनका कारण समस्या परेको छ भन्दै रानाले देशलाई संकटबाट मुक्त गराउन सवै उद्योग व्यवसायीहरु लाई सरकारसंग हातमा–हात मिलाएर अगाडी बढ्न आग्रह गरे ।

हस्तान्तरण कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका प्रदेश नम्बर ५ का अध्यक्ष बलिभद्र राना, उपाध्यक्ष नवराज श्रेष्ठ, कोषाध्यक्ष त्रिभुवन दत्त मिश्र, बरिष्ठ निर्माण व्यवसायी तथा निर्माण व्यवासायी प्रदेश नम्बर ५ का सल्लाहकार भिम बहादुर श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष विनय ज्ञवाली, निवर्तमान अध्यक्ष दामोदर शर्मा घिमिरेको पनि सहभागिता रहेको लुम्बिनी निर्माण व्यवसायी संघको सूचना शाखाले जानकारी दिएको छ ।

निर्माण व्यवसायीहरुको आफ्नो कोषबाट संकलन गरेको उक्त रकम प्रदेश सरकारको राहत कोषमा जम्मा गरेका हुन । लुम्बिनी निर्माण व्यवसायी संघ बुटवल शाखाले बुटवलको धागो कारखानामा निर्मित कोरोना विशेष अस्पतालमा रु ८ लाख रकम बरावरको १७ वटा शौचालय, ४ वटा स्नान घर र १०० मिटर बाटो समेत नि:शुल्क निर्माण गरेको लुम्बिनी निर्माण व्यवसायी संघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।