१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

‘‘डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले
बोकी ल्यायो बकुल वनको बास मीठो हावाले
डाकी मौरी मधुररसमा लेक पाक्यो गुँहेली
गोठाले वनवन डुली हाल्न थाल्यो सुसेली ।’’

Advertisement

चैत–वैशाखमा चराहरू कसरी रमाउँछन् ? जङ्गलका जनावरहरू कसरी प्रेम गर्छन् ? मानिस कस्ता गीत गुन्गुनाउँछन् र जीवनलाई माधुर्य बनाउँछन् भन्ने बुझाउन राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘वैशाख’ कविता नै काफी छ । यस्ता सयौँ सिर्जना छन्, जसले प्रकृति र समाजलाई सुललित रूपमा शब्दमा बुनेका छन् । लोकजीवनका लय, प्रकृतिका प्रयावरीय पाटोलाई हरेक मानिसले आफ्ना मन–मस्तिष्कमा उतारिरहेको हुन्छ । प्राकृतिक छटालाई स्रष्टाले टपक्क टिपेर भाका मिलाउँछन् र प्रकृतिलाई नै अर्पण गर्छन् । आखिर मानव सभ्यताको थालनी पनि जङ्गल युगबाटै भएको थियो ।

‘पुष्पलालका छानिएका रचना भाग–४’ मा आदिम समाजमा मानिसले आफ्नो खाना जुटाउने साधन (ढुङ्गा, तावो, घाँसका रूख) को ठूलो महत्व हुने भएकाले तिनलाई संरक्षण र मान्ने संस्कारका कारण ढुङ्गा, शिवलिङ्ग (महादेव), फलाम (यमराज), पीपल (विष्णु), वरःब्रह्मा, शमी (सूर्य), तुलसी (विष्णु) आदिलाई देवताका रूपमा पुजिन थालिएको त्यसै उल्लेख भएको होइन । पछि देवपूजाको संस्कृति र परम्परा बस्यो । मेक्सिम गोर्कीले ‘संस्कृति मानवीकृत दोस्रो प्रकृति भएको’ भनेको कुरा निनु चापागाईंको ‘सन्दर्भ : संस्कृति र सांस्कृतिक रूपान्तरण’ पुस्तकमा उल्लेख हुनुले समाजबाहिर संस्कृतिको अस्तित्व नहुने र प्रकृतिमाथि श्रम र पसिना लगाएर मानिले संस्कृति निर्माण गरेको स्पष्ट हुन्छ ।

प्रकृति र मानिसको यो अप्रितम संवाद वसन्त र गृष्म ऋतुको सङ्क्रमणकालमा बढी हुन्छ । चैतको समाप्ति र वैशाखको आरम्भमा प्राकृतिक वातावरणले कसको मनमा उत्साह र उमङ्ग पैदा नगर्ला र ? दुःखी र गरिबलाई पनि चित्त बुझाउने वा विरहको गीत गाएर सहजै समय गुजार्न चैत–वैशाखको समय मीठो सारथि बन्न सक्छ । किसानले आउँदो असारमा राम्रो बाली लगाउने तम्तयारी गर्छ ।
वसन्त ऋतुमा चिचिलाहरू मुना भएर निस्किन्छन् । चिचिला कोपिला हुन्छ, कोपिलाबाट पालुवा बन्छ । पालुवा पात वा फूल बन्छ । वातावरणलाई हरियाली र शीतलता प्रदान गर्छ ।

मानिसका लागि गुलजार उपहार ! प्रकृतिको यो परिवर्तन र उपहारलाई मानिसले जीवनमा उतार्न प्रयत्न गरिरहेको हुन्छ । त्यसको समुच्च रूप हो– नयाँ वर्ष र नयाँ पर्व । नयाँ वर्ष आफ्नो घर र मनको मन्दिरमा भिœयाउन मानिसले प्रकृतिसँग प्रेमिल संवाद गरिरहेका हुन्छन् । अनेक संस्कृति, जाति र भाषाभाषीयुक्त नेपालमा जातजातिगत नयाँ वर्ष र चाड छन् । नेवारी समुदायमा म्हःपूजा र नेपाल संवत् मनाउने फरक–फरक परम्परा भए पनि वैशाखको नयाँ वर्षसम्बन्धी अनेकन स्मृति ग्वङ्गःजस्ता संस्कृतिप्रेमी र बूढापाकामा अनगिन्ती छन् भनेर वा लेखेर नसकिने छन्न् ती स्मृतिहरू ।

विक्रम संवतको प्रचलन

विक्रम संवत् नेपाली पञ्चाङ्गमा आधारित प्रयोगमा रहेको नेपालको राष्ट्रिय पात्रो तथा आदि संवत् मानिन्छ । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो –अङ्ग्रेजी) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ । नयाँ वर्षको सुरूवात सामान्यतः ग्रेगोरियन पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिखमा पर्छ । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत्मा ग्रह–नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विक्रम संवत् प्राकृतिक रूपमा सञ्चालित हुँदै आएको छ । विक्रम संवत्बारे अनेकौँ विवाद पनि प्रस्तुत भइरहेका छन् । विक्रम संवत् नेपालको आदिसंवत् हो ।उज्जैन (भारत) का राजा विक्रमादित्यले यो संवत्को प्रारम्भ गरेका हुन् । इतिहासविद् प्रा. दिनेशराज पन्तका अनुसार यो संवत् १०७ सम्म कुँदिएको पाइन्छ । यसलाई पछि विक्रम संवत्मा रूपान्तरण गरियो । विक्रम संवत् सक् संवत्भन्दा १३५, नेपाल संवत्भन्दा ९३६ र इस्वी संवत्भन्दा ५७ वर्ष जेठो छ ।

‘गणितीय दृष्टिले विक्रम संवत्को महत्व छ । कुनै बेलामा वैशाख १ गते दिन र रात बराबर समयको हुने भएकाले पनि यो संवत् चलाउने वैज्ञानिकता प्रमाणित हुन्छ । ज्योतिषीय गणनाका दृष्टि र राशि पद्धतिमा यो संवत् उचित छ । यद्यपि, हरेक जातजातिले आफ्नै मौलिक रूपमा मनाउने नयाँ वर्षको आफ्नै सांस्कृतिक महत्व रहन्छ ।’ इतिहासबारे प्रामाणिक तर्क गर्ने पन्त यो संवत् राणाकालअघि नै प्रयोगमा आएकाले चन्द्रशमशेर राणाको पालादेखि विक्रम संवत् चलेको भन्नेमा उहाँको विश्वास छैन ।

लिच्छविकाल, मल्लकाल, सेन वंशका कतिपय शिलालेखमा र पृथ्वीनारायण शाहका प्रारम्भिक शिलालेखमा विक्रम संवत् उल्लेख भएका छन् । नेपालमा शक् संवत् १८२३ मा आधिकारिक प्रयोगबाट हटाइएको र विक्रम संवत्को १९५८ सालमा नेपालको आधिकारिक पात्रो बनेको पनि इतिहासमा उल्लेख पाइन्छ । काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु वज्रयोगिनीको मन्दिरपरिसरको केहीमाथि विक्रमादित्य राजाको टाउकाको बज्राचार्य वंशका पुजारीले पूजा गरिआएका छन् । ती राजाले नेपाललाई विस्तार गर्दै काशीसम्म पुगेका र काशीमा विश्वनाथको मन्दिर स्थापना गरेको भन्ने स्कन्द पुराणको हिमवत्खण्डमा उल्लेख पाइन्छ । -(प्रकाश सिलवालले गोरखापत्र अनलाइनका लागि लेखेको लेख,समय–सापेक्ष सम्पादित गरेर प्रकाशन गरिएको छ )

प्रतिकृया दिनुहोस्

Flash News

नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क