ताजा अपडेट »

मन्त्री अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली ३ बजेपछि टुँडिखेलमा

विहीबार, १६ फागुन २०७५, १४ : ०९
6 Shares

फागुन १६,काठमाडौं । हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।

नेकपा केन्द्रीय सचिवालय बैठकले पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने निर्णय गरेको हो । नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रह गरेको छ ।

दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारसँग अनुरोध समेत गरेको छ । मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार उनको गृहनगर पोखरामा हुनेछ । नेकपाले फागुन २३ गते पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ ।-केन्द्रविन्दु

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।