ताजा अपडेट »

तिनाउ बैंक तौलिहवाद्वारा खाद्यान्न सहयोग

आइतबार, ३० चैत्र २०७६, २३ : २६
26 Shares

कपिलबस्तु । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनबाट प्रभावितलाई तिनाउ मिसन बैंक , तैलिहवा शाखाले खाद्यान्न सहयोग गरेको छ । बैंकले आइतबार कपिलबस्तु नगरपालिका मार्फत उक्त सहयोग प्रदान गरेको हो । तौलिहवा शाखाका शाखा प्रबन्धक नबिन भुसालले कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिँहलाई खाद्यान्न राहत सामग्री हस्तान्तरण गरेका छन् ।

सो अवसरमा बोल्दै सहयोग बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर गरिएको र यस्ता अन्य सामाजिक क्रियाकलापहरुलाई आगामी दिनमा पनि बैंकले निरन्तरता दिने तौलिहवा शाखाका शाखा प्रवन्धक भुसालले वताए। नगरपालिकाका नगर प्रमुख किरण सिँहले नगरपालिकाले स्थापना गरेको दैवीप्रकोप उद्धार विशेष कोषमा तिनाउ मिसन डेभलपमेण्टको सहयोगको सराहना गर्दै धन्यवाद प्रकट गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।