ताजा अपडेट »

कांग्रेस तिलोत्तमाद्वारा प्रकोप कोषमा २ लाख १ हजार सहयोग

आइतबार, ३० चैत्र २०७६, १९ : ५३
4 Shares


बुटवल । स्थानीयतह प्रकोप व्यवस्थापन कोषमा नेपाली कांग्रेस तिलोत्तमाले तिलोत्तमा नगरपालिकालाई राहत स्वरुप २ लाख १ हजार सहयोग गरेको हो।

नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेका अनुसार कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम सहयोग गरिएको बताए । लकडाउनबाट प्रभावित विपन्न समुदायलाई राहत साझेदारी रुपमा समेटेर वितरण गर्न नेपाली कांग्रेस नगर सभापति पाण्डेले आग्रह गरेका छन् ।

नेपाली कांग्रेस तिलोत्तमाले प्रदान गरेको उक्त रकम बुझ्दै नगर प्रमुख वासुदेव घिमिरेले जम्मा भएको रकम दुरुपयोग हुन नदिने प्रतिवद्धता गर्दै विपन्न वर्गको दैनिक जिवीकोपार्जनमा सहयोग पुग्ने गरि नगरभित्रका अति विपन्न परिवारलाई राहत वितरण गरिएको बताए ।

अहिलेसम्म ४७ लाखको हाराहारिमा राहत रकम जम्मा भएको र २४ लाख जति खर्च भई सकेको नगर प्रमुख घिमिरेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।