ताजा अपडेट »

शव लिएर हेलिकप्टर ताप्लेजुङबाट काठमाडौं उड्यो

विहीबार, १६ फागुन २०७५, १३ : ०३
6 Shares


फागुन १६ ,काठमाडौं।
हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहितको सातजनाको शब ताप्लेजुुङबाट काठमाडौंको लगिएको छ ।
हेलिकप्टरबाट अहिले १२ बजेर ८ मिनेट जाँदा मन्त्रीसहित सबै शवहरु संकलन गरेर ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं लगिएको हाम्रा समाचारदाता चन्द्र पन्दाकले जानकारी दिनुभयो 
मौसम खराब भएकाले त्यहाँबाट काठमाडौं ल्याउनको लागि विहानदेखि तयारी भइरहे पनि केही समय अघिमात्र मौसम अनुकुल भएकाले सम्भव भएको हो ।
शवहरु काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिनेछ ।
पोष्टमार्टमपछि मन्त्रीसहितको शवलाई श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने बताइएको छ । त्यसपछि शवलाई आ–आफ्नो धार्मिक संस्कार अनुसार दाहसंस्कारको लागि आफन्तलाई जिम्मा लगाइनेछ ।
मन्त्री अधिकारीको शवलाई गृहजिल्ला कास्कीमा लगेर शुक्रबार दाह संस्कार गरिनेछ । उहाँको पार्थिक शरीरलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गर्दे मन्त्री अधिकारीसहित सातजनाको निधनले देशलाई अपूरणीय क्षति पुगेको भन्दै आज बिहीबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिएको छ ।-गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।