ताजा अपडेट »

भोलि बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीको अपील

आइतबार, ३० चैत्र २०७६, १८ : ५२
10 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन आग्रह गरेका छन्।

ग्लोबल कम्प्याक्ट नेपालको अनुरोधमा प्रधानमन्त्री ओलीले मनपरेको भन्दै सबैलाई आ-आफ्नो घरको झ्याल ढोका वा कौसीबाट सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाउन अनुरोध गरेका हुन्। ग्लोबल कम्प्याक्टले अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, अतिआवश्यक प्रदायकका कर्मचारी, लगायतको सम्मानमा राष्ट्रिय गान गाउन र गुन्जाउन अनुरोध गरेको हो।

'ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।'उनले ट्वीट गर्दै भनेका छन् ।

https://twitter.com/kpsharmaoli/status/1249305433132548097
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।