ताजा अपडेट »

पार्टीको आधा झण्डा झुकाउने नेकपाको निर्णय

विहीबार, १६ फागुन २०७५, १२ : ५६
2 Shares

फागुन १६ , काठमाण्डु। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

नेकपा सचिवालयको बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ ।

नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ । -काठमाण्डु टुडे

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।