Jan 27, 2023
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३ सम्म तोकिएको लकडाउन अझ बढाउने संकेत गरेका छन्। सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भर्चुअल मिटिङ गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सोतर्फ संकेत गरेका हुन्। दक्षिणी छिमेकी भारतमा कोभिड १९ का संक्रमितको संख्याको ग्राफ निरन्तर बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लकडाउनको अवधि बढाउने संकेत गरेका हुन्।
‘मुख्यतः दक्षिणतर्फको अन्तराष्ट्रिय सीमालाई कडा बनाउन जरुरी छ, महामारीको बेलामा भावनात्मक कुरा गरेर बस्ने होइन, सबैले यसमा सहयोग गर्न जरुरी छ’, प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई भने, ‘त्यसैले लकडाउन बढाउनु पर्ने हुन्छ। तर, लकडाउन भनेको लकडाउन नै हो भन्ने बुझन जरुरी छ।’ प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्र जस्ता संविधानले नचिन्ने संरचना नबन्ने जनाउँदै जनप्रतिनिधिहरूले प्रतिनिधित्व गरेका संघ, प्रदेश र स्थानीय सरकारले नै बढी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
सोही निर्वाचित संस्थामार्फत जनतालाई राहत दिनेदेखि लकडाउनको पूर्ण पालना गराउनका लागि पहल गर्नुपर्ने प्रधानमन्त्रीले जनाएका छन्। उनले सम्भावित भोकमरी र आर्थिक अवस्थामा आउन सक्ने खतराप्रति सचेत हुन पनि मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन्।
प्रतिकृया दिनुहोस्