ताजा अपडेट »

प्रदेश ५ को राहत कोषमा यशोदा ग्रुपको २० लाख

शनिबार, २९ चैत्र २०७६, १६ : ५१
6 Shares

बुटवल । प्रदेश ५ कोरोना संक्रमण राेकथाम तथा राहत कोषमा यसोदा ग्रुप अन्तर्गतको श्रीराम टोबाकोले २० लाख नगद सहयोग गरेको छ । कम्पनीका तर्फबाट यसोदा ग्रुप अन्तर्गतको भगिनी कम्पनी यशोदा फुड्स प्रालिका निर्देशक नरिश्वर पौडेलले प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेललाई चेक हस्तान्तरण गरेका हुन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणबाट बच्नका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने तथा निम्न वर्गका परिवारका लागि राहत प्रदान गर्न सहयोग पुगोस भनी सहयोग गरिएको यशोदा फुड्स प्रालिका कर्पोरेट म्यानेजर छविलाल शर्माले बताए ।

चेक रकम बुझ्दै मूख्यमन्त्री पोखरेलले सामाजिक उत्तरदायित्व अन्तरगत कम्पनीले प्रदान गरेको सहयोगले महत्वपूर्ण योगदान गर्ने उल्लेख गरे । प्रदेश ५ सरकारले स्थापना गरेको कोषमा अधिकतम रकम जम्मा गर्नेमा यो दोस्रो औद्योगिक संस्था हो भने पहिलो भाटभटेनी सुपर मार्केट हो । जसले २५ लाख प्रदान गर्ने गरेको छ । त्यसैगरी बैंकिङ्ग तथा वित्तिय संस्था एवम् हालसम्म उच्च रकम सहयोग गर्नेमा शाइनरेसुङ्गा बैंक रहेको छ । बैंकले २५ लाख ५० हजार प्रदान गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।