ताजा अपडेट »

एकान्तबासबाट साहित्यिक कार्यक्रम

शनिबार, २९ चैत्र २०७६, १५ : ४५
10 Shares

बुटवल । साहित्य संगम,बुटवलको ३०४ औं साहित्यिक श्रृङखला एकान्तबासबाट शनिवार बुटवलमा सम्पन्न भयो । श्रृङखलाको प्रमुख अतिथिका रुपमा रहेका लेखक तथा समीक्षक माधवकुमार पौडेलले कोरोनाबाट दूरगामी असर परेता पनि नेपालमा नयाँ सम्भावनाका ढोका खुल्ने बताए । साथै उनले डोजरे विकासलाई हटाएर कृषि,शिक्षा र स्वास्थ्यमा राज्यले पूर्णरूपमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले भने ‘साहित्यकारहरुले सबै नागरिकहरुको आत्मबल बढाउने खालका रचनाहरु सिर्जना गरि कोरोनाका बिरुद्धमा लड्नूपर्दछ ।’

जुम क्लाउड भिडियो मिटिङ मार्फत एकान्तबासबाट सञ्चालन गरिएको उक्त साहित्यिक श्रृंखलामा काठमाण्डौंमा रहेका संस्कृतिविद् घनश्याम कोरालाले खानेमुखलाई जुँघाले छेक्दैन भन्ने उखानलाई साहित्य संगम,बुटवलले विषम परिस्थितिमा समेत चरितार्थ गरेको बताए । त्यसैगरी युवा अध्येता रामचन्द्र श्रेष्ठले साहित्यकारका साहित्यिक रचनाहरु निराशावादी भएकाले आँट हिम्मत र शाहस बढाउने खालका साहित्यक रचना हुनुपर्ने भन्दै साहित्य संगम,बुटवलको यो श्रृङखला ऐतिहासिक रहेको बताए । कार्यक्रममा बुटवलबाट मीन राना,धनकुमारी अर्याल,यज्ञलाल सुवेदी,हरिप्रसाद पौडेल,पुरुषोत्तम पाण्डे, सैनामैनाबाट सागर के.सी.भैरहवाबाट सीता ढुङ्गानाले प्रत्य क्षरुपमा जोडिएर रचना वाचन गरेका थिए।


त्यसैगरी पाल्पाका साहित्यकारहरु यम सागर,कपिल कुँवर,गोपाल बस्याल,बुटवलका साहित्यकारहरु देवेन्द्र घिमिरे, शालिकराम पौड्याल र कृष्ण गाउँलेका रचनाहरु कार्यक्रमका संयोजक एवम् सञ्चालक दलबहादुर गुरुङले वाचन गरेका थिए । साथमा तिलोत्तमाका गजलकार गोविन्द भुसालको रचना मीन रानाले वाचन गरेका थिए । राजेन्द्रकुमार आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन दलबहादुर गुरुङ र मीन रानाले गरेका थिए भने विशेष धन्यवादको पात्र देवेन्द्र घिमिरे भएका छन्

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।