ताजा अपडेट »

राहत कोषमा बस व्यवसायीको ७ लाख

शनिबार, २९ चैत्र २०७६, १३ : ०८
22 Shares

बुटवल । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले ७ लाख ५२ हजार रुपैया सहयोग गर्ने भएको छ । शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले कोरोना महामारी विरुद्धको अभियानमा सरकारलाई सघाउन उक्त सहयोग गर्ने निर्णय गरेको प्रा.लि.का अध्यक्ष दधिराम खरेलले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका लागि संघसंस्थाहरुको संजालमा ५ लाख रुपैया, बुटवल उपमहानगरपालिकाले स्थापना गरेको कोषमा २ लाख १ हजार र बुटवल उपमहानगरपालिकाकै वडा नं. ४ मा ५१ हजार रुपैयाँ दिने निर्णय गरेको अध्यक्ष खरेलले जानकारी दिए ।‘लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नती र विकासका लागि रकम आवश्यक देखिएको छ । हामी थप सहयोग समेत गर्ने छौं ।’ अध्यक्ष खरेलले भने ।

रुपन्देहीमा कृयाशिल संघ–संस्थाहरुको संजालको बैठकले यसअघि नै कोरोना विरुद्धको अभियानको लागि संयुक्त रुपमा रकम संकलन गर्ने निर्णय गरेका छन् । जसअन्तर्गत प्रा.लि.ले ५ लाख, यातायात मजदुर तथा व्यवसायी भलाई कोषले ५ लाख, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघले ३ लाख ५१ हजार दरले सहयोग प्रदान गर्ने निर्णय यसअघि नै गरिसकेका छन् भने अन्य संस्थाहरुले समेत २५ हजारदेखि २ लाख सम्म सहयोग गर्ने घोषण गरेको र रकम जम्मा हुने क्रममा रहेको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बताए

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।