२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

बुटवल । साढे तीन महिनामा विश्वभर कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख दुई हजार नाघेको छ भने संक्रमितको संख्या करिब १७ लाख पुगेको छ। 

Advertisement

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबारसम्म विश्व कोरोना भाइरसबाट मर्नेको संख्या १ लाख २ हजार ६ सय ६७ पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ९७ हजार ३ सय ६४ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ लाख ७६ हजार १ सय ९ जना उपचार पछि निको भइ घर फर्केका छन्। हाल विश्वका विभिन्न देशम उपचारत कोरोना भाइरस संक्रमितको संख्या १२ लाख १८ हजार ५ सय ८८ रहेको छ। उपचारतमध्ये ४९ हजार ८ सय ३० जनाको स्वास्थ्य अवस्था गम्भिर छ भने ११ लाख ६८ हजार ७ सय ५८ जनाको अवस्था सामान्य रहेको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयताको करिब साढे तीन महिनामा यो भाइरस फैलिएर अहिले विश्वका २ सय १० देश तथा क्षेत्रमा पुगेको छ। नेपालमा हालसम्म कोरोना भाइरसका शंकास्पद तीन हजार बढीको स्वास्थ्य परिक्षण गरिएको छ , जसमध्ये ९ जनामा कोरोना भाइरसको संत्रमण देखिएको छ। संक्रमितमध्ये एक जनालाई उपचार पछि निका भइसकेको छ भने ८ जना अहिले उपचारत छन्।

विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, चीन, बेलायत, इरान, टर्की, बेल्जियम, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स र क्यानाडा रहेका छन्। हालसम्म सबैभन्दा बढी कोरोनाका संक्रमित अमेरिकामा देखिएका छन् भने मृत्यु इटालीमा भएको छ। अमेरिकामा हालसम्म ५ लाख २ सय ४९ जनामा कोरोनाका संक्रमण देखिएको छ, जसमध्ये १८ हजार ७ सय १९ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा १ लाख ५८ हजार २ सय ७३ जना कोरोनाको संक्रमित रहेकोमा १६ हजार ८१ जनाको मृत्यु भएको छ। इटालीमा १ लाख ४७ हजार ५ सय ७७ जनामा कोरोनाको संक्रमण देखिएको छ । यीमध्ये १८ हजार ८ सय ४९ जनाको मृत्यु भइसकेको छ।

फ्रान्समा कोरोना भाइरसको संक्रमण हुनेको संख्या १ लाख२४ हजार ८ सय ६९ पुगेको छ, जसमध्ये १३ हजार १ सय ९७ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा १ लाख २२ हजार १ सय ७१ जना कोरोनाको संक्रमित रहेकोमा २ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ। चीनमा कोरोना संक्रमितको संख्या ८१ हजार ९ सय ७ छ, यीमध्ये ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ।

बेलायतमा संक्रमितको संख्या ७३ हजार ७ सय ५८ रहेको छ , जसमध्ये ८ हजार ९ सय ५८ जनाको मृत्यु भइसकेको छ। इरानमा ६८ हजार १ सय ९२ कोरोना भाइरसको संक्रमित रहेकोमा हालसम्म ४ हजार २ सय ३२ जनाको मृत्यु भएको छ। टर्कीमा कोरोना भाइरुसका संक्रमितको संख्या ४७ हजार २९ पुगेको छ। यीमध्ये १ हजार ६ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा