ताजा अपडेट »

कोरोना संक्रमण २ सय १० देशमा, १ लाख बढीको मृत्यु

शनिबार, २९ चैत्र २०७६, ०८ : १८
4 Shares

बुटवल । कोरोनाको सङ्क्रमण फैलिने देशको संख्या २ सय १० पुगेको छ । यमनमा एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमण फैलिएको देशको संख्या २ सय १० पुगेको हो । यमन विश्वको सबैभन्दा धेरै मानव संकट झेलिरहेको देश हो । यहाँका नागरिक खाद्य सहायतामा आश्रित छन् । हैजा, डेंगू र औलोसहित केही रोगका बिरामी यमनमा पहिलेदेखि नै छन् ।

अमेरिकामा कोरोना भाइरसबाट एकैदिन २ हजार ३७ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ। संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ। वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाख २ हजार ४९ पुगेको छ।  शुक्रबारसम्म सबैभन्दा धेरै मृत्यु न्युयोर्कमा भएको छ। त्यहाँ हालसम्म ७ हजार ८ सय ४४ जनाको मृत्यु भइसकेको छ भने १ लाख ७२ हजार बढीमा संक्रमण रहेको छ। त्यस्तै न्युजर्सीमा १९ सय ३२ जनाको मृत्यु भएको छ भने ५४ हजार बढी संक्रमित रहेका छन्। मचिगनमा भने १२ सय ८१ जनाको मृत्यु भएको छ । २२ हजार बढीमा संक्रमण रहेको छ।

आज बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख २ हजार ५ सय २५ पुगेको छ।  फ्रान्स र बेलायतमा पछिल्लो २४ घण्टामा झण्डै १–१ हजार जनाको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म १३ हजार जनाको मृत्यु भएको छ भने बेलायतमा मृत्यु हुनेको संख्या ९ हजारको नजिक छ। स्पेन र इटलीमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या केही घटेको छ। स्पेनमा ६ सय ३४ र इटलीमा ५ सय ७० जनाको मृत्यु भएको छ। हालसम्म स्पेनमा मृत्यु हुनेको संख्या १६ हजार पुगेको छ। इटलमी मृत्यु हुनेको संख्या १८ हजार ८ सय नाघेको छ।  यस्तै विश्वभर संक्रमितको संख्या १७ लाख नजिक पुकेको छ । स्पेनमा ५ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या १ लाख ५८ हजार पुगेको छ । इटलीमा संक्रमितको संख्या एक लाख ४७ हजार, फ्रान्समा १ लाख २५ हजार ९ सय तथा जर्मनीमा एक लाख २२ हजार पुगेको छ । यस्तै भारतमा संक्रमितको संख्या ७ हजार ५ सय ९८ पुगेको छ । संक्रमणपछि निको हुनेको संख्या विश्वभर ३ लाख ७६ हजार रहेको छ । १२ लाख मानिसको उपचार भइरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।