ताजा अपडेट »

गुल्मीमा बाबुको हत्या आरोपमा छोरा पक्राउ

शुक्रबार, २८ चैत्र २०७६, २० : ३०
4 Shares

गुल्मी । गुल्मीमा प्रहरीले बावुको हत्या आरोपमा छोरा पक्राउ गरेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ पालुखा निवासी ४६ वर्षिय टेकबहादुर कुमालको हत्या आरोपमा छोरा २९ वर्षिय अर्जुन कुमाल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।


गएराती श्रीमान श्रीमती बिच भएको झगडामा छोराको कुटाइबाट मृत्यु भएको भन्दै हत्या आरोपमा पक्राउ गरिएको पुनले बताए । घर बनाउने बिषयमा श्रीमान श्रीमती बिच झगडा भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउन परेका छोरा सुस्त मनस्थितिको रहेको प्रहरीले जनाएको छ ।

शवको पोष्ट मार्टम रिर्पोटबाट थप खुल्ने प्रहरी निरिक्षक पुनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।