ताजा अपडेट »

छत्रदेव-रुपन्देही राष्ट्रिय युवा संघद्वारा गाउँपालिकालाई आर्थिक सहयोग

शुक्रबार, २८ चैत्र २०७६, २० : १३
4 Shares


बुटवल । अर्घाखाँची छत्रदेव–रुपन्देही राष्ट्रिय युवा संघ नेपालले छत्रदेव पालिकालाई १६ हजार १ सय ५१ आर्थिक सहयोग गरेको छ ।

छत्रदेव गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) महामारीको नियन्त्रण तथा राहतका लागि नेपाल बङ्गलादेश बैंक छत्रगञ्जको खातामा उक्त रकम बिहिबार जम्मा गरेको संघका सल्लाहकार हुमराज भुसालले बताए । विश्वभरी देखा फैलिएको कोरोना भाइरसका कारण लकडाउन हुदाँ दैनिक मजदुरी गरेर खाने विपन्न परिवारलाई समस्या परेकाले आफूले सहयोग गरेको संघका सल्लाहकार हुमराज भुसालले बताए ।

साथै आवश्यकता र र परिस्थितिका आधारमा सहयोग गर्न परेको अवस्थामा सहयोग गर्न तयार रहेको समेत भुसालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।