ताजा अपडेट »

ग्रामिण बैंकद्वारा कोरोना राहत कोषमा २८ लाख ५० हजार सहयोगत

शुक्रबार, २८ चैत्र २०७६, १९ : ०१
8 Shares

बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड प्रधान कार्यालय, बुटवलले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २८ लाख ५० हजार रुपैयाँ सहयोग रकम प्रदान गरेको छ .। विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा नेपाल सरकार र सातवटै प्रदेश सरकारहरूले स्थापना गरेको छुट्टाछुट्टै कोषमा रकम जम्मा गरिएको हो ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पुर्याउनले उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराइएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालय, बुटवलले जनाएको छ । संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. ११ लाख र सातवटा प्रदेश सरकारको कोषमा २ लाख ५० हजारका दरले १७ लाख ५० हजार रकम जम्मा गरेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।