ताजा अपडेट »

नमस्कार बिन्ति छ

शुक्रबार, २८ चैत्र २०७६, १५ : ३१
66 Shares

नमस्कार बिन्ति छ । अहिले सरकारले समस्त नेपाली जनताहरुको ज्यानक सुरक्षित राख्नका लागि लकडाउन अर्थात् लक्ष्मण रेखा कोरेको अवस्था छ । यदि हामीले यस लक्ष्मण रेखाको अनियमित रुपमा उल्लंघन गर्छाैं भने एकजनाको हेलच्याक्राइँले सिंङ्गो विश्व खतरामा पर्न जान्छ, यदि हामीले सजगता भएर लक्ष्मण रेखाको पालना गर्छाैं भने स्वयम् पनि सुरक्षित रहन सक्छौं र समस्त विश्व समुदाय सुरक्षित रहन सक्छ । यहि पालन गर्नाका लागि हामी सबैले असल सभ्य नागरिकको पहिचान दिने गरौं । आज समस्त विश्व कालको मुखमा धकलिएको अवस्था छ, यस्तो अवस्थामा सजगता रहनु पर्ने र गराउनु पर्ने हामी सबैको काँधमा जिम्मा आएको छ ।
१) कोभिड १९ को भाइरस कसरी बुझ्न सकिन्छ ?
 केभिड १९ को भाइरस भनेको विगतका वर्ष सन् २०१९ मा देखिएको कोभिड भाइरस भएकाले यसलाई कोभिड १९ भनिएको हो ।
२) कोभिड १९ भाइरस कस्ता प्रकारका जिवाणु हुनेगर्छ ?
 कोभिड १९ को भाइरस एक प्रकार बोसो जस्तै चिप्लो तरल पदार्थ तर अदृष्य अवस्थामा रहेको हुन्छ । जस कारण यो भाइरस सिंगार्न, र्याल, थुक, खकार तरलजन्य पदार्थमा आकर्षण भई टाँसिएर बस्ने गर्छ । त्यसैले यस्ता सिंगान, र्याल, थुक, खकार तरल पदार्थ जथाभावी फ्याँक्ने नगरौं ।
३) साबुन पानीले हात मिची–मिची किन धुने ?
 किनकि यस्ता तरल पदार्थहरु फ्याँकिएको ठाउँमा यो हात झूक्किएर छुन पुग्छ त्यो हामीलाई थाहा भएको हुदैन अथवा ध्यान पुग्न सक्दैन त्यसैले यो हात भूलेर पनि आँखा, नाक, मुखमा हात पुर्याउनु हुदैन र घर भित्र प्रवेश गर्न पूर्व साबुन पानीले करीब ६० सेकेण्ड जति मिची–मिची धुने गर्नुपर्छ ।
४) रुघाखोकी लागेको व्यक्तिदेखि टाढा किन रहने ?
 किनकि उक्त रुघाखोकी लागेको व्यक्तिले खोक्दाखेरी मुखबाट निस्किएको खकारको छिटाबाट पनि संक्रमण आफूमा सर्ने गर्छ र आफूले खोक्दा खेरी अथवा हाँच्छ्यु गर्दा खेरी टिस्यूू पेपरले मुख छोप्ने अथवा हाँच्छ्यु गर्दा कुइँनाले मुख छोप्ने अनि टिस्यूू पेपर बिर्काे भएको डस्टबिनमा फ्याँक्ने गर्नुपर्छ ।
५) संक्रमित भएका व्यक्तिहरु अथवा नभएका व्यक्तिहरुबाट २ मिटरको दूरी कायम किन गर्ने र आपसि भेटघाट हुँदा हात मिलाउनको सट्टा केवल नमस्कारबाट शिष्टाचार सम्बोधन किन गर्ने ?
 किनकि कुनै पनि व्यक्तिसँग आपसी दूरी कायम गर्दा एक अर्कामा भएका भाइरस आदान–प्रदान हुन नपाउने, जसबाट सुरक्षित रहने विकल्प पनि हो । यो हात मानिसलाई नभई पनि नहुने अति आवश्यक अङ्ग हो र यहि हात मानिसलाई जोखिम अवस्थामा पुर्याउने काम गरिरहेको हुन्छ किन भने अनेक दूूषित स्थानमा हात पुर्याइरहेको हुन्छ जसकारण हातको माध्यमद्वारा एक अर्कामा सर्ने भएको हुँदा हात मिलाउने प्रतिबन्द गरिएको हो ।
 सबै भन्दा उत्तम शिष्टचारको बोध नमस्कारबाट नै हुने भएकाले नमस्कार बिन्तिलाई नै प्राथमिकता दिएको हो । आज यहि कोरोना भाइरसले मानवलाई विश्वव्यापी रुपमा नमस्कारबाट सम्बोधन गर्ने संस्कार सिकाएको छ। आपसी दूरी कायम गर्ने सन्दर्भमा घृणित दृष्टिकोणबाट नभएर मानवता सामाजिक सद्भावबाट गर्नुपर्छ भन्ने पाठ पनि सिकाईरहेको अवस्था छ । आज प्रायः मानिसहरुमा खराब आदत के छ भने कसैप्रति अति प्रभावमा आउँछौं भने एकदमै प्रफूल्लित भएर के के न पाए जस्तै गर्दै झ्वाम्मै हाम फालेर अंकमाल पनि गरिहाल्ने अनि केही विषयमा खिटपिट भयो भने नाकमा बसेको झिंगासँग घृणा गरे जस्तै घृणाको भावले ३ फिटमात्र नभएर जिन्दगी भरी कहिल्यै नहोस् भन्ने किसिमले दूरी कायम गर्न चाहने, यद्धपि यस्तो नहोस् भनेर कोरोनाले घृणाको ठाउँमा प्रेम र सदभाव करुणा विकास होस् अनि खुशीको सिमा बारै नाघ्नेगरी असिमित रुपमा असन्तुलन नहोस् भन्नका लागि पाठ सिकाएको छ । यसैले कोरोनाले एक मार्मिक सन्देश दिन खोजेको छ ।

आज विश्वव्यापी लक डाउनले घर भित्र बसिरहनु पर्ने वाध्यताले पनि कसैले हात खुट्टा बाँधेर राखेको जस्तै आभास भईरहेको होला । तर यस्ता किसिमका संकुचित सोंचले हेर्ने नगरौं । हामी वास्तवमा सबै स्वतन्त्र छौं । सिर्फ अहिले महाखतरा कोरोना भाईरसबाट सुरक्षित रहन केवल लक डाउन गर्नु पर्ने वाध्य भएको हो । यो लकडाउन र कोराईनटाईन हाम्रै हितका लागि नियम लागुगरिएको हो । हामीले संकुचित सोंचले हेर्ने गर्छाैं भने यहि संकुचित सोंच अझै थप खतरायुक्त अवस्था खडा हुन सक्छ । यो भाईरस उत्पन्न हुन पूर्व र लकडाउन हुन पूर्व हामी अति व्यस्ततामा भागदौड गरिरहेको थियौं । परिवारको साथ, बालबच्चाको साथमा बसेर स्नेह सद्भाव परस्पर बाँड्न पाएका थिएनौ, पारीवारिक परिवेशमा आइपर्ने अभाव र समस्याको बारेमा आदान–प्रदान गर्न समयकै अभाव भइरहेको थियो । ,अहिले यो सबै समय जुटिरहेको छ । यसरी यस्ता सकारात्मक सोंचले हेर्ने गरौं । आजको लकडाउनको बसाइँमा केहि नौलो कुरामा ध्यान केन्द्रित गरौं । विगतमा हामी जब व्यस्तता अवस्थामा थियौं । त्यतिबेला हामीले म भन्ने सत्ता शरीरलाई सञ्चालन गर्नै शक्ति के हो ? म भन्ने सत्ता शक्ति आत्माको यस पृथ्वी सित कस्ता प्रकारका सम्बन्ध रहेकोछ ? हामी दिनहुँ शरीरका भोजन गर्ने गर्छाैं तर, यस शरीरलाई नियन्त्रण गर्नै आत्मा चेतन सत्ताको भोजन के हो र भोजनको आवश्यक पनि किन ? हमाी मानव आत्माको भुगोल इतिहास कस्ता प्रकारको रहेको छ ? यो पृथ्वी पंचतत्व प्रकृति सित कस्ता प्रकारका सम्बन्ध रहेको छ र हामी मानव प्राणि शाकाहारी हो या मांसाहारी प्राणि हो यस विषयमा यावत प्रश्नहरु आफैमा गर्ने फूर्सद थिएन तर अहिले फूर्सद प्राप्त भएको छ । यो फूर्सदको बसाईमा आध्यात्मा चिंतन गर्नै र चासो लिने फूर्सदको फाइदा लिने अवसरबाट नचुकौं ।
चित्रको वर्णन :

जसरी शारिरिक स्वास्थ्य राख्नका लागि व्यायमको आवश्यक्ता पर्छ, त्यस्तै मानसिक स्वास्थ्य राख्न मानसिक व्यायमको आवश्यक पर्छ । मानसिक व्यायम भन्नाले आफूलाई आत्माको स्मृतिमा रहेर परमात्माको याद गर्ने अभ्यास गर्ने प्रक्रियालाई नै मानसिक व्यायम भनिन्छ । जसरी शारिरिक क्रियाशिल बनाउन शरीरको भोजन आवश्यक पर्छ, त्यस्तै आत्मालाई क्रियाशिल बनाउन आत्माको भोजनको आवश्यक पर्छ । आत्माको भोजन नै नैतिकता पाठ हो । नैतिकता पाठले आत्मालाई आत्मा सयमता, आत्मा मर्यादा अनुशासन, आत्मा विश्वास, धैर्य, सद्भाव, हिम्मत साहस, आदर्श, प्रेम, दया, क्षमा आदि कलात्मक गुणहरुको चित्रणको लक्षण दिव्यता झल्किने गर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।