ताजा अपडेट »

भारतविरुद्धको दुई खेलको टी–ट्वान्टी क्रिकेट सिरिज अष्ट्रेलियाको खातामा

विहीबार, १६ फागुन २०७५, १२ : १०
4 Shares


फागुन १६ ,नयाँ दिल्ली। भारतविरुद्धको दुई खेलको टी–ट्वान्टी क्रिकेट सिरिज अष्ट्रेलियाले हात पारेको छ । गएराति भएको अन्तिम तथा दोस्रो खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सिरिज २–० ले क्लिन स्विप गरेको हो ।

अष्ट्रेलियाले भारत विरुद्धको टी ट्वान्टी सिरिजमाथि ११ वर्षपछि हात पारेको हो । भारतले दिएको १ सय ९१ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्स्वेलले नट आउट रहँदै १ सय १३ रनको शतकीय इनिङस खेलेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । अब अष्ट्रेलियाले घरेलु टोलीसँग ५ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।