ताजा अपडेट »

कुहिएको खाद्यान्न वितरण गरेको भन्दै नगरको गेटमै फिर्ता

शुक्रबार, २८ चैत्र २०७६, १३ : ३१
6 Shares

बुटवल । परासीको रामग्राम नगरपालिकाले राहत स्वरुप वितरण गरेको चामल र सोयबिन कुहेको र किरा परेको भन्दै पीडितले विरोध गरेका छन् । नगरपालिकाले बिहीबार वितरण गरेको खाद्यान्न सामग्री सोही साँझ पकाउँदा कुहेको चामल र सोयबिन पाइएपछि स्थानीयले शुक्रबार दिउँसो नगरपालिका गेटमै लगेर फालेका छन् । संक्रमणको समयमा राहत स्वरुप बाँडेको खाद्य सामग्री कुहेको र किरा परेको अस्वस्थकर परेको बताउँदै आफूमाथि अन्यया भएको पीडितले गुनासो गरेका छन् ।

कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण स्थानीयले असन्तुष्टि र विरोध स्वरुप खाद्यान्न फिर्ता गरेपछि अहिले नगरपालिका,जिल्ला प्रशासन लगाएत सरोकारवालाको रोहबर खाद्य परीक्षणको तयारी रहेको रामग्राम नगरपालिकाबाट पत्रकार मोहन पौडेलले जानकारी गराए । नगरले पहिलो चरणमा २३ जनालाई वितरण गर्ने निर्णय अनुसार वडा कार्यालयलाई हस्तान्तरण गरेको थियो । शुक्रबार दिउँसोसम्म वडा नं. ६, ११ र ३ वडाका केहीले नगरको गेटमै फालेका छन् भने केहीले वडामा फिर्ता गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।