१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हालसम्म झण्डै नगद ३६ लाख रुपैंयाँ संकलन भएको छ । कोषमा तिलोत्तमा नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुको तीन दिन बराबरको तलबबाट १७ लाख २ हजार ६६५ रुपैंयाँ कोषमा जम्मा भएको लेखा अधिकृत रमेश बस्यालले जानकारी दिए ।

Advertisement

कोषमा जनप्रतिनिधि, विभिन्न व्यक्ति, संघ-संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी, विद्यालय, क्लव, व्यवसायिक प्रतिष्ठानलगायतले सहयोग गरेका छन् । सबैभन्दा धेरै सहयोग सहकारी क्षेत्रबाट प्राप्त भएको लेखा अधिकृत बस्यालले बताए । नगरपालिकाको आह्वानअनुसार नगरमा रहेका सहकारी, बैंक तथा वित्तीय संस्था, व्यक्ति, विद्यालय, क्लव, आमा समूह, व्यवसायिक प्रतिष्ठानले नगरपालिकाको कोषमा राहत रकम जम्मा गरेका हुन् । यसअघि नैं स्थापना गरिएको कोषलाई कोरोना महामारी रोकथाम, पूर्वतयारी तथा उपचारको सन्दर्भमा मजबुद बनाउन नगरपालिकाले गरेको अपिलअनुसार हालसम्म झण्डै ३६ लाख नगद संकलन भएको हो । नगदको अतिरिक्त ७६ क्विन्टल चामल, एक क्विन्टल दाललगायतका खाद्यबस्तु समेत नगरपालिकालाई विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुले प्रदान गरेका छन् ।

नगरपालिकाले एनआईशी एशिया बैंक लिमिटेडको मणिग्राम शाखामा रहेको प्रकोप व्यवस्थापन कोषमा आफू सक्दो सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ ।कोषको रकमबाट दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारका लागि राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, कोरोना सम्बन्धी सचेतना अभिवृद्धि, भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको खोजी, स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षण सामाग्री व्यवस्थापनलगायतका काम सञ्चालन गरिएको नगरपालिकाको भनाइ छ ।

हालसम्म राहत वितरणमा नगरपालिकाबाट २१ लाख ४० हजार २२० रुपैंयाँ खर्च भएको छ । नगरपालिकाले २५५ क्विन्टल चामल, ७१ क्विन्टल दाल, ३२ क्विन्टल नुन तथा १४४० पिस साबुन खरिद गरेर राहतस्वरुप वितरण गरेको नगर उपप्रमुख तथा राहत वितरण व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिइन । चामलको खरिद मुल्य प्रतिकेजी सरदर ५३ रुपैंयाँ ५ पैसा, दालको १०१ रुपैंयाँ र नुनको २० रुपैंयाँ रहेको लेखा अधिकृत बस्यालले बताए ।

एकद्वार प्रणालीबाट राहत प्रदान गर्ने नीति लिएको नगरपालिकाले हालस झण्डै ३३ सय परिवारलाई राहत वितरण गरिसकेको छ । पहिलो चरणमा २२ सय परिवारलाई राहत दिइएकोमा दोस्रो चरणमा थप ११ सय परिवारमा राहत पुर्याइएको । नगरपालिकाले लकडाउनको समय अझैं बढेमा राहत वितरण प्रणालीलाई परिवार संख्याको आधारमा अघि बढाउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड