२१ माघ २०७९, शनिबार

Feb 4, 2023

बुटवल । नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत्गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ ।

Advertisement

यसपटक पनि नदीहरूमा पानीको मात्रा निकै बढी घटिसकेकाले हरेक आयोजनाको औसत उत्पादन ४५ प्रतिशजतिले घटेको छ । जलाशययुक्त आयोजनाबाहेक रन अफ दि रिभर र पिकिङ आयोजनामा उत्पादन घट्ने गरेको छ । नेपालमा प्रायः हिमनदीमा जलविद्युत् आयोजना निर्माण भएका छन् । मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, कालीगण्डकी, सुनकोसी, त्रिशुली, देवीघाट, चमेलियालगायतका सबै ठूला जलविद्युत् आयोजना हिमनदी प्रणालीमा निर्माण भएका छन् ।

कात्तिक/मङ्सिरबाट हिमनदीमा पानीको बहाव बिस्तारै कम हुँदै जाने गर्छ । गर्मी लाग्दा हिमालको हिउँ पग्लेर पानीको मात्रा बिस्तारै वृद्धि हुँदै जाने भए पनि वैशाखको दोस्रो हप्ताबाट गर्मी बढेसँगै हिमनदीमा पानीको मात्रा बढ्ने गरेको प्राधिकरणले जनाएको छ । हुन त मुलुकमा ‘लकडाउन’को अवस्थाले औद्योगिक क्षेत्रका माग शून्य नै छ । त्यसले गर्दा बिजुलीको आन्तरिक माग व्यवस्थापन गर्न भारतबाट प्राधिकरण दैनिक २०० मेगावाटको हाराहारीमा मात्र आयात गर्ने गरेको छ । जब कि यो अवधिमा विगतमा दैनिक ५०० मेगावाटसम्म आयात गर्ने गरेको थियो ।

नदीमा पानीको मात्रा घटेसँगै विद्युत् उत्पादन घटिसकेपछि प्राधिकरणको आफ्नो आयोजनाबाट ४३७ मेगावाट (६,८७४ मेगावाट आवर), निजी क्षेत्रको आयोजनाबाट २३७ मेगावाट (५,३४८ मेगावाट आवर) र भारतबाट ३०२ मेगावाट (३५५५ मेगावाट आवर) आपूर्ति व्यवस्थापन भइरहेको प्राधिकरणका भार सम्प्रेषण केन्द्र प्रमुख सुरेश भट्टराईले बताए ।मुलुकमा लकडाउनको अवस्थामा घरेलु उपभोगलाई व्यवस्थापन गर्न प्राधिकरणलाई सहज भएको कार्यकारी निर्देशक घिसिङले बताए ।

४५ प्रतिशतभन्दा बढी उत्पादन कमी भइरहेका बेला भारतबाट पनि कम आयात गर्नुपरेको उनले बताए । – गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै