Jan 27, 2023
बुटवल । तिनाउ मिशन डेभलपमेण्ट बैंकका कपिलबस्तुमा रहेका शाखाहरुले वाणगंगा नगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण,रोकथाम तथा राहत कोषमा खाद्यान्न सहयोग गरेका छन्। बैंकका जिल्लाका बोडगाउँ,पिपरा,कोपवा र ओदारीमा रहेका ४ वटा शाखाहरुले संयुक्त प्रयासमा सहयोग गरेको बैंकका बोडगाउँ शाखा प्रमुख द्रोणबहादुर जि.सि.ले बताए ।
त्यसैगरी बैंकका शाखाहरुले कपिलबस्तुका विभिन्न स्वास्थ्य संस्थामा पिपिई सेट र सेनिटाइजरहरु पनि सहयोग गरेका छन् ।शाखाहरुले पिपरा अस्पताल, मायादेवी स्वास्थ्य चौकी,बोडगाउँ स्वास्थ्य चौकी ,कोपवा स्वास्थयचौकी ,हथौसा स्वास्थ्य चौकी लगाएत ६ वटा स्वास्थ्य संस्थाका लागि स्वास्थ्य सामग्री प्रदान गरेको बैंकका कोपवा शाखा प्रमुख अनन्त भट्टराइले बताए। उक्त सामग्री सम्बन्धित वडाध्यक्षहरुलाई हस्तान्तरण गरिएको उनले जानकारी गराए ।
बिहीबार बैंकका शाखा प्रमुखहरुले वाणगंगाा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारु, उपप्रमुख चक्र अर्याल र प्रवक्ता विष्णु पौडेललाई खाद्यान्न लगाएत विभिन्न अत्यावश्यक सामग्री हस्तान्तरण गरेका बैंकका ओदारी शाखा प्रमुख गोपाल थारुले बताए । कोरोना संक्रमणको समयमा विभिन्न गरिब तथा विपन्न वर्गहरुलाई जिविकोपार्जन गर्नका लागि असहज रहेको परिस्थितिमा नगरपालिकामार्फत खाद्यान्न सामग्री प्रदान गरेको तिनाउ मिशन डेभलपमेण्ट बैंक, पिपरा शाखा प्रमुख भिमकान्त भट्टराइले बताए
प्रतिकृया दिनुहोस्