ताजा अपडेट »

लकडाउनको मौका छोपी रुख काट्ने २ जना पक्राउ

विहीबार, २७ चैत्र २०७६, २० : १६
10 Shares

दाङ । लकडाउनको मौका छोपी दाङको दंगीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका ५५ वटा रुख काटिएका छन । करिब एक हजार क्वी फिट अवैध सालको काटिएको काठसहित २ जना पक्राउ परेका छन ।

सहायक वन अधिकृत खिमबहादुर के।सी।को नेतत्वमा गएको डिभिजन डिभिजन वन कार्यालय दाङको नियमित गस्तीले सिमठाना सामुदायिक वन क्षेत्रमा अवैद्य रुपमा काटिएका ५५ थान रुखहरु सहित घटनामा संलग्न भएको असंकामा २ जनालाई पक्राउ गरेको छ । घटनास्थलको प्रकृति हेर्दा घटनामा जसको संलग्नता भएको भएता पनि वनको संरक्षण, सम्बद्र्धन तथा सदुपयोगको जिम्मा पाएको समूहका कार्य समितीका पदाधिकारीरुको लापरवाही देखिएको सहायक वन अधिकृत केसीले जानकारी दिए । कटान क्षेत्रमा रहेका काठ दाउरा बरामद गरिए पनि लक डाउनका कारण ढुवानी गर्न असहज भएकोले सम्बन्धित समूहका जिम्मेवार पदाधिकारीहरुको जिम्मामा बुझाईएको दंगीशरण सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दयाराम पौडेलले जानकारी बताए ।

लकडाउन अवधिभर टुर गस्ती जारी

लकडाउनको बेला हुन सक्ने संभावित चोरी तस्करीलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय दाङले लकडाउन अवधिभर टुर गस्ती संचालन गरिरहेको छ । गस्ती संचालन गर्नुपर्ने जोखिमयुक्त स्थानहरुको समेत पहिचान गरि गस्ति कार्य चलिरहेको डिभिजन वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।

लक डाउनको समयमा मानिसहरु घर भित्रै रहने भएकोले उक्त समयको फाईदा उठाई वन जंगलमा हानी नोक्सानी हुने गरि चोरी निकासी, चोरी शिकारी जस्ता अपराध बढ्न सक्ने भएकोले त्यस्तो चोरी तस्करीको नियन्त्रण गर्न मातहतका कार्यालय तथा स्रोत साधनलाई प्रयोग गरी वन जंगलको सुरक्षाका लागि गस्ती परिचालन प्रभावकारी बनाउने र उक्त कार्यलाई जिल्ला स्थित सुरक्षा निकायले पनि आवश्यक सहयोग गर्ने भनि निर्णय भई त्यसो गर्न जिल्ला प्रशासन कार्यालयले पत्राचार गरे पश्चात् गस्ती तालिकामा केही हेरफेर गरी गस्ती परिचालनलाई अझ प्रभावकारी गराईएको प्रमुख ज्ञवालीको भनाई रहेको छ ।

घटनामा संलग्नहरुको पहिचान गरी कानून बमोजिम कार्वाही अनुसन्धान अधिकृत तोकि घटनाको विस्तृत अध्ययन अनुसन्धान भईरहेको र यस्ता घटनाहरु आगामी दोहरीन नदिन विभिन्न जोखिमयुक्त क्षेत्रहरु केन्द्रित गस्ती परिचालन भईरहेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।

यस असहज परिस्थितीमा यस्ता वन अपराधमा संलग्नहरुको निग्रानी राख्न, त्यस्ता घटनाहरु भईरहेको सूचना पाएमा समयमै डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय र प्रहरीलाई जानकारी गराई वन तथा वातावरणको संरक्षणमा सहयोग गर्न समेत सबैलाई अपिल गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।