ताजा अपडेट »

रोटरी डाउनटाउनद्वारा १ सय ७५ परिवारलाई सहयोग

विहीबार, २७ चैत्र २०७६, १७ : ४३
4 Shares

बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले आफ्ना मातहतका रोट्रयाक्ट कल्वहरुसँगको सहकार्यमो लकडाउनबाट प्रत्यक्ष असरमा परेका दैनिक ज्यालादारीबाट जिविकोपार्जन गरिरहेका विपन्न वर्गका १७५ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । क्लबले तीन चरणमा सामाजिक दूरी कायम गर्दै दाल, चामल, नुन, तेल लगाएत आवश्यक खाद्यान्न वितरण गरेको छ।

क्लबले पहिलो चरणमा चैत्र २० गते बुटवल–४ का ५० विपन्न परिवारलाई, दोश्रो चरणमा २२ मा बुटवल–११ का १०० विपन्न परिवारलाई र भने तेश्रो चरणमा २५ गते बुटवल –१० का २५ विपन्न परिवारलाई वितरण गरेको हो । क्लबले आकस्मिक रुपमा क्लबका सदस्यहरुबाट संकलन गरेको रु. २ लाख ९८ हजार मध्ये २ लाख २७ हजार बराबरको खाद्यान्न वितरण गरेको रोटरी डाउनटाउनका अध्यक्ष तुलसी घिमीरेले जानकारी गराए । बाँकी रु ७१ हजार भने रोटरी इंटरनेशनल डिस्ट्रिक्ट ३२९२ को राहत कोषमा पठाउने निर्णय भएको अध्यक्ष घिमिरेले जानकारी गराए ।

उक्त राहत वितरण टोल विकास संस्थाको हलमा बुटवल वडा नंं. ४, १० र ११ का वडा अध्ध्यक्षहरुको प्रत्यक्ष सहभागितामा गरिएको थियो । अध्यक्ष घिमिरेले वर्तमान विषम परिस्थितिमा अति विपन्न वर्ग भोकले मर्न नपरोस भनेर क्लवले सक्दो सहयोग गर्न खोजेको र संकटको यो घडीमा कोही दुःखमा परेको वखत क्लबले सक्ने सेवा गर्न तयार रहेको र सोका लागि रोटरी क्लब अफ बुटवल डाउनटाउन सहित रोट्रयाक्ट क्लबका सम्पूर्ण सदस्यहरुले प्रतिवद्धता जनाएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।