Feb 4, 2023
काठमाडौँ । सरकारले काठमाडौंबाट गाउँ फर्कने चाहनेहरुलाई शुक्रबार र शनिबार जान दिने भएको छ । तर आउन भने नपाइने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले सो निर्णय गरेको हो ।
सरकारले यी २ दिन काठमाडौं बाहिर जान पाइने भएपनि देशभरको लकडाउनमा कुनै परिवर्तन नगरिएको जनाएको छ ।सरकारले देशव्यापी लकडाउनका कारण राजधानीमा रोकिएका नागरिकहरुलाई उपत्यकाबाहिर जानका लागि भोलि र पर्सि खुला गर्ने निर्णय गरेको हो ।
सरकारले गत ११ गते बिहान १० बजेदेखि लागू हुनेगरी १० गते साँझ अबेर लकडाउनको निर्णय गरेपछि गाउँ फर्किन चाहेका धेरै काठमाडौंमै अड्किएका छन्। कतिपय मजदुरहरू दुई तीन दिनसम्म पनि हिँडैरै घर जान थालेपछि सरकारले यो निर्णय गरेको हो।
प्रतिकृया दिनुहोस्