२१ माघ २०७९, शनिबार

Feb 4, 2023

दाङ । तुलसीपुर उपमहानगरपालिकाले ३ दिन मात्रै वजार सञ्चालन गर्ने भने पनि कृषकहरुका लागि सातै दिन सहुलियत दिने भएको छ । बाहिरबाट तरकारी आउँदा कोरोना संक्रमणको जोखिम हुने भन्दै उपमहानगरपालिकाले यहीको कृषि उपज सामाजिक दुरी कायम गर्दै हरेक दिन विक्री गर्ने निर्णय गरेको हो।

Advertisement

लामो समय वन्द हुँदा पशुपालन र कृषि उपज गर्ने किसानहरु मर्कामा परेको र उपभोक्ताहरु समेत मारमा परेको भन्दै सर्वदलिय वैठकले यस्तो निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए । उनले विहान ५ देखि ७ वजेसम्म तरकारी, दुग्धजन्य पदार्थ, मासुका लागि हरेक दिन खुला गर्ने निर्णय गरिएको पनि वताए । एकातिर किसानहरु मर्कामा पर्ने अर्कातिर उपभोक्ताहरुमा पनि अभाव हुन भएपछि यस्तो निर्णय गरेको प्रवक्ता डाँगीले जानकारी दिए ।यसैगरी उपभोग्य वस्तुको मागलाई पुरा गर्नका लागि मिल सञ्चालन गर्न दिने समेत निर्णय गरिएको छ । ‘सामाजिक दुरी व्यवस्थापन गरेर सञ्चालन गर्ने गरी निर्णय भएको छ ’ प्रवक्ता डाँगीले भने ।

विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिका भित्रका विभिन्न सडकहरुमा भएको अवरोध हटाउनका लागि अध्यक्षलाई आग्रह गर्ने निर्णय समेत भएको छ । वैठकले दाङ्ग भन्दा वाहिरबाट तरकारी र फलफुल आउने गरेकोमा त्यसलाई तत्काल रोकेर स्थानीय उत्पादनलाई नै प्राथमिकता दिने वताइएको छ । बाहिरबाट तरकारी आउँदा कोराना संक्रमणको सम्भावना हुने हुँदा यस्तो निर्णय गरिएको पनि डाँगीले वताए ।

राहत वितरणमा जथाभावी भएको भन्दै एकद्धार प्रणालीबाट मात्रै वितरण गरिने पनि वैठकले निर्णय गरेको छ । ‘उपमहानगरपालिका र वडाको समन्वय विना कसैले पनि राहत वितरण गर्न पाउँदैन’ नगरप्रमुख पाण्डेले भने । उनले जनप्रतिनिधि, प्रहरी, राजनीतिक दलसँगको समन्वयमा मात्रै राहत वितरण गर्न पाइने वताए । ‘मनलाग्दो तरिकाले राहत वितरण गरेको पाइए जफत गरिनेछ ‘ उनले भने ।
समितिको वैठकले नेपाल सरकारले तोके वमोजिम एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जाने कुरालाई कडाइका साथमा लागुगर्ने भएको छ । यसैगरी वैठकले ग्रामिण भेगका वडाहरुमा खाद्यान्न लगायत उपभोग्य सामग्री पुर्याउनका लागि घुम्ति पसल समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।

पसल सञ्चालनका लागि विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीको संयोजकत्वमा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्री, तुलसीपुर चेम्वर अफ कमर्शका महासचिव ऋषि भण्डारी, प्रजातान्त्रिक उद्योग वाणिज्य संघका गोकर्ण गिरी, इलाका प्रशासन र इलाका प्रहरी कार्यालयका प्रतिनिधि सदस्य रहने गरी समितिलाई निर्देशन दिइएको छ । वैठकमा उपप्रमुख माया शर्मा, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरिहरनाथ योगी, इलाका प्रशासन शाखाका अधिकृत श्रीधर टण्डन, नेकपा नगर कमिटी अध्यक्ष खुसीराम चौधरी, हाम्रो पहुँच सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारी, मासु व्यवसायी झग्गु चौधरी, नेकपाका नेता हुकुम वस्नेत, नेपाली काँग्रेसका जगत खड्का लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै