ताजा अपडेट »

सोनाक्षी सिन्हाविरुद्ध मुद्धा दर्ता

विहीबार, १६ फागुन २०७५, ११ : ३३
8 Shares

फागुन १६।यूपीको मुरादाबादमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा सहित ५ जनाविरुद्ध मुर्दा दर्ता भएको छ ।

दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा अग्रिम भुतानीको बावजुद पनि सोनाक्षी कार्यक्रममा नपुगेको भन्दै मुद्धा दर्ता गरिएको हो । सोनाक्षीसँगै ट्यालेन्ट फुल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पन्जाबी, धूमिल ठक्कर र एडगर सकारिया लगायतबिरुद्ध मुद्धा दायर गरिएको हो ।

३० सिप्टेम्बर दिल्लीमा इन्डिया फेशन एण्ड व्युटी अर्वाड कार्यक्रम आयोजना गरिएको थियो जसमा अर्वाड बितरण गर्नको लागि सोनाक्षी बोलाइएको थियो । सोनाक्षीको निजी सचिवसँग कुराकानी गरेपछि उनलाई ३२ लाख रुपैँया समेत एडभान्सको रुपमा आयोजक प्रमोद शर्माले ट्रान्सफर गरिदिएका थिए । तर, सोनाक्षी कार्यक्रममा उपस्थित भइनन् ।

एडभान्स भुक्तानी लिएर पनि उनी कार्यक्रममा उपस्थित नभएपछि आयोजक शर्माले पुलिसमा जाहेरी गरेका थिए । तर, पुलिसले कुनै कारबाही नगरेपछि शर्माले विष सेवन गरेका हुन् । अहिलो शर्माको उपचार भईरहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।