ताजा अपडेट »

नक्कली पत्रकार प्रहरीको फन्दामा

बुधबार, २६ चैत्र २०७६, २२ : १४
6 Shares

तुलसीपुर । तुलसीपुरमा प्रहरीले नक्कली पत्रकारलाई पक्राउ गरेको छ । लकडाउनको समयमा पत्रकार भन्दै बाइकमा हुँइकिने तुलसीपुर उपमहानगरपालिका १७ निबासी २८ बर्षीय मेघराज सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार बिहान ८ बजेतिर तुलसीपुर –घोराही सडकखण्ड अन्र्तगत हात्तिखौवामा बा८७ प १००६ नम्बरको मोटरसाईकलमा पर्सेनीबाट तुलसीपुर तर्फ आइरहेका सुनारलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा पत्रकार नभएको पुष्टि भएपछि नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताए ।

सुनारले खिमबहादुर डीसीको नामको रिपोर्टर्स क्लव दाङको रिर्पोटर भएको परिचय पत्र देखाएर पत्रकार भनेका थिए ।सुनारको बास्तविक नाम र परिचय पत्रमा भएको नाम नमिलेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।