Jan 31, 2023
बुटवल । तिनाउ मिशन डेभलपमेण्ट बैंकका तिलोत्तमामा रहेका शाखाहरुले तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण,रोकथाम तथा राहत कोषमा खाद्यान्न सहयोग गरेका छन्। बैंकका नगर भित्र रहेका १० वटा शाखाहरुले संयुक्त प्रयासमा सहयोग गरेका हुन् ।
बुधबार बैंकका शाखा प्रमुखहरुले तिलोत्तमा नगरपालिका कार्यालयमा नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीलाई खाद्यान्न लगाएत विभिन्न अत्यावश्यक सामग्री हस्तान्तरण गरेका हुन् । कोरोना संक्रमणको समयमा विभिन्न गरिब तथा विपन्न वर्गहरुलाई जिविकोपार्जन गर्नका लागि असहज रहेको परिस्थितिमा नगरपालिकामार्फत खाद्यान्न सामग्री प्रदान गरेको तिनाउ मिशन डेभलपमेण्ट बैंक, मधवलिया शाखा प्रमुख श्रृष्टि अधिकारीले बताइन् ।
प्रतिकृया दिनुहोस्