१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

बुटवल । प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा भाटभटेनी सुपरमार्केटले रु २५ लाख सहयोग गरेको छ । बुधबार सुपमार्केटका व्यवस्थापक विनोद भट्टराईले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्रीको कार्यालयमा भएको चेक हस्तान्तरण कार्यक्रममा भाटभटेनी सुपर मार्केटका प्रबन्धकद्वय रोशनी अधिकारी र सिमा गौचनको पनि सहभागिता रहेको थियो । सो अवसरमा मुख्यमन्त्री पोखरेलले संकटको बेला व्यवसायीहरुले सामाजिक दूरी र सतर्कता कायम गर्दै स्थानीय तहसँग समन्वय गरी जनताका अत्यावश्यक आवश्यकता पूरा गर्नुपर्ने बताए ।

देशबासी पीडामा परेको बेला एउटा व्यवसायीको नाताले सक्दो सहयोग गर्ने व्यक्तिगत तथा संस्थागत दायित्व रहेको बताउँदै केही समय अघि संस्थाका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरङले सातै प्रदेश सरकारको राहत कोषमा रु २५ लाखका दरले सहयोग गर्ने घोषणा गरेका थिए।सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले भाटभटेनी सुपरमार्केटले देशका सातै प्रदेशमा रु २५ लाखका दरले सहयोग गर्ने निर्णय अनुसार प्रदेश ५ लाई सो रकम हस्तान्तरण गरिएको बताए।

देशभर १८ स्टोर रहेको चेन सुपरमार्केटले विश्वव्यापी फैलिएको कोभिड–१९ ले नेपालमा पनि पार्ने जोखिम र संक्रमण्को रोकथाम र नियन्त्रणका लागि संघीय सरकारले स्थापना गरेको कोषमा रु एक करोड सहयोग गरिसकेको छ । त्यसैगरी कोरोना संक्रमणको अवस्थामा पनि स्टोरले यथावत मूल्यमै खाद्य सामग्री उपलब्ध गराउँदै उच्च सतर्कताका साथ हाल निःशुल्क होम डेलिभरी सेवा पनि चलाइरहेको भाटभटेनी बुटवलकी प्रबन्धक रोशनी अधिकारीले बताइन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु