ताजा अपडेट »

मन्त्री अधिकारीका परिवारलाई भेट्दै भावुक बने प्रचण्ड

विहीबार, १६ फागुन २०७५, ११ : १८
6 Shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेलिकोप्टर दुर्घटनामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् ।

बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रचण्डले अधिकारीकी श्रीमती, बुवा र आमालाई भेटेका हुन् । समवेदना व्यक्त गर्दा निकै भावुक बनेका प्रचण्डले सहनुको विकल्प रहेको बताएका थिए ।

नेकपा अध्यक्ष प्रचण्डले अधिकारी परिवारका सदस्यहरुलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको बताएका हुन् । प्रचण्डले बिहीबार बिहान नै यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ र नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना व्यक्त गरेका छन् ।

प्रचण्डको सचिवालका अनुसार दुर्घटनामा परेका सबैका परिवारलाई भेटेर समवेदना प्रकट गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार सााझ नै मन्त्री अधिकारीका परिवारलाई भेटेर समवेदना प्रकट गरेका थिए ।-केन्द्रविन्दु

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।