ताजा अपडेट »

राहत कोषमा भलाई कोषको एकलाख ५१ हजार सहयोग

मंगलबार, २५ चैत्र २०७६, १८ : ३६
10 Shares

बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्थानीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कोषले बुटवल उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको हो ।

भलाई कोषले कोरोना राहत कोषमा एक लाख ५१ हजार रुपियाँ सहयोग गरेको कोषका लेखा अधिकृत ऋषिराम अर्यालले जानकारी दिए । राहत रकम मँगलबार कोषका अध्यक्ष दिनेश फुल्लेलले बुटवल उपमहानरपालिकाका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गरेका हुन् । विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले भलाई कोषको तर्फबाट सहयोग गरिएको बताउँदै अध्यक्ष फुल्लेलले कोरोना संक्रमण रोक्न कोषले पनि आफ्नो तर्फबाट सक्दो काम गरिरहेको बताए ।

त्यस अवसरमा नगर प्रमुख शिवराज सुवेदीले सबैको सामूहिक प्रयासले मात्रै कोरोना संक्रमणको जोखिम कम गर्न सकिने बताउँदै राहत रकमलाई सही सदुपयोग गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।