ताजा अपडेट »

भू–लक्ष्मी ग्रुपद्वारा कोरोना सम्बन्धी सचेतना तथा सहयोग

मंगलबार, २५ चैत्र २०७६, १७ : २३
10 Shares

बुटवल । विश्वमा महामारीको रुपमा फैलिएको कोरोेना भाइरस (कोभिड–१९) बाट नेपाल पनि संक्रमित रहेको अवस्थामा चितवनमा केन्द्रिय कार्यालय रहेको औद्योगिक घराना भू–लक्ष्मी ग्रुपले सहयोग गरेको छ । ग्रुपले ज्यालादारीमा काम गर्ने तथा विपन्न वर्गलाई आवश्यक खाद्यान्न वितरण गरेको छ । चितवनका युवा व्यवसायीको समुह भू–लक्ष्मी ग्रुपले चितवन तथा आसपासका विभिन्न स्थानमा पुगि अत्यावश्यक दैनिक उपभोग्य वस्तु वितरण गरिरहेको जानकारी गराएको छ ।

भू–लक्ष्मी ग्रुपका प्रमुख कार्यकारी अधिकृत किरण आचार्यले दैनिक उपभोग्य वस्तुका साथै कोरोना भाईरस बाट सुरक्षित रहनका लागि जनचेतना जगाउँदै आवश्यक मास्क, सेनिटाइजर, साबुुन लगाएतका सामग्री समेत वितरण गरिरहेको बताए । ‘हामीले समस्यामा रहेका यस्ता घर परिवारलाई खोजीगरि घर–घरमा पुगेर सहयोग गरिरहेका छौ ।’ उनले भने । भू–लक्ष्मी ग्रुपको सहयोग अभियानमा कार्यकारी निर्देशक आचार्यलाई आमा लक्ष्मी आचार्य र म्यानेजर सुविवेक पराजुलीले साथ दिइरहेका छन् ।

दैनिकी टार्न र कोरोनाको संक्रमणबाट जोगिने कुनै सहयोग चाहिएमा आफूलाई सिधा सम्पर्क गर्न पनि आचार्यले आग्रह गरेका छन् । हालै उनले सामाजिक सञ्जालमार्फत कोही कसैले कारणवस् भोकै बस्नु परेको वा दुःख पाएको भए आफूूलाई सम्पर्क गर्न वा जानकारी गराई दिन आग्रह गर्दे आफूूले यथासक्य सहयोग गर्ने जानकारी समेत गराएक छन्।भू–लक्ष्मी ग्रुपले नेपालभर टेश्ला ब्राण्डका ए.सी. हरुको बिक्री वितरण गर्दै आएको छ । ग्रुपले आफ्ना डिलर भएका देशैभरका ठाउँहरुमा यस्तो किसिमको सहयोग जारी राख्ने बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।