ताजा अपडेट »

प्रदेश ५ लाई मेगा बैंकको ५ लाख

मंगलबार, २५ चैत्र २०७६, १६ : ४५
8 Shares

बुटवल । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले प्रदेश न. ५ को प्रदेश सरकारले स्थापना गरेको कोरोना राहत कोषमा मेगा बैंक नेपाल लिमिटेडले रु. ५ लाख रुपैयाँ प्रदान गरेको छ ।

बैंकको बुटवल चौराहा शाखा कार्यालयका प्रमुख दिपक न्यौपानेले प्रदेश ५ का मुख्यमन्त्री माननीय शंकर पोखरेललाई उक्त रकम बराबरको चेक आज हस्तान्तरण गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री पोखरेलले महामारीको समयमा बैंकले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे।
काठमाडौंमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय बैंकले प्रत्येक प्रदेशको कोरोना राहत कोषमा रू ५ लाख रुपैयाँको दरले र केन्द्रिय राहत कोषमा १ करोड रुपैंया गरि जम्मा १ करोड ३५ लाख रुपैयाँ प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।