ताजा अपडेट »

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन, धैर्य रहन आग्रह

मंगलबार, २५ चैत्र २०७६, १२ : ००
4 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको विषयमा उनले सम्बोधन गरेका हुन् ।

सम्बोधनमा उनले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउँदै उनले सम्पूर्ण नेपालीहरुलाई धैर्य रहन आग्रह गरे । स्वाथ्य र सुुरक्षाकर्मीहरुको भूमिका र योग्दान महत्वूर्ण रहेको बताउँदै सम्मान गर्न आग्रह गरे । उनले यस्तो समयमा स्थानीय तह र प्रदेश सरकारको भूमिका महत्वूर्ण रहेको बताउँदै जनप्रतिनिधिप्रति धन्यवाद प्रकट गरे । त्यसैगरी विभिन्न संघ–संस्थाले पनि सहयोगी र महच्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने ‘ संकटको यस घडीमा सुरक्षाकर्मी,स्वास्थ्यकर्मी , स्थानीय तह,प्रदेश सरकार, संघ–संस्था लगाएतको भूमिका महत्वपूर्ण रहेको छ । उहाँहरुको सक्रियता र साथको निरन्तर आवश्यक रहेको छ । विभिन्न संकटसँग लड्दै आएक हामी नेपालीहरुलाई यस घडिीमा पनि धैर्य रहन आग्रह गर्दछुु ।’ । कोरोना रोकथाम र नियनत्रणका लागि सरकार गम्भिर रहँदै स्वास्थ्य व्यवस्थाको प्रबन्ध गरिरहेको छ। ’ यतिबेला सिमाबाट नेपाली प्रवेश जोखिम रहेको बताउँदै भारत सरकारसँग सहकार्य गरी उतै व्यवस्था गरेको बताए ।

यस्तो अवस्थामा उच्च जोखिमका कारण लकडाउन अघि चेकजाँच गरेर भित्राएपनि अहिले जोखिम बढी हुुँदा भित्राउन असमर्थ रहेको विषमा परिस्थितिमा सहकार्य गर्न आग्ह गरे । संकटको वर्तमान अवस्थामा जो जहाँ छ , त्यहीँ बस्न आग्रह गरेका छन् । उनले सिमित स्रोत र साधनका बीचपनि सरकारले विदेशमा रहेका नेपालीलाई सक्दो प्रयत्न गरेको बताए । आगामी दुुई हफ्ता थप जटिल रहेको बताउँदै स्वास्थ्कर्मी र परीक्षणका लागि विशेष व्यवस्था सहित सामग्री व्यवस्थापनमा सक्रिय रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।