ताजा अपडेट »

काम्ले टटरीद्वारा उपभोक्तालाई राहत प्रदान

मंगलबार, २५ चैत्र २०७६, ११ : ३५
14 Shares

तिनाउ । पाल्पाको तिनाउ गाउँपालिका-१ मा रहेको काम्ले टटरी सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई मँगलबार राहत सामाग्री वितरण गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोरोना संक्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण आफ्ना उपभोक्ताहरूमा पर्न गएको अभावलाई ध्यानमा राखी खाद्यान्न वितरण गरिएको अध्यक्ष लिलबहादुर सारूले जानकारी गराए ।

सामुदायिक वनले आफ्ना १ सय १४ घर-परिवारलाई २० किलोग्राम चामल, १ लिटर तेल, १ किलो नून तथा चिनी चियापत्ती वितरण गरिएको सामुदायिक वनकी सचिव तेजकुमारी तरामुले जानकारी गराइन् । साथै समूहले यश अवधिमा सरकारले आह्वान गरेको लकडाउनलाई सबैले पालना गर्न र अत्यावश्यक बाहेक घर बाहिर ननिस्कनका लागि आह्वान गरेको समूहका कोषाध्यक्ष गुनबहादुर सुस्लिङले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।