ताजा अपडेट »

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

मंगलबार, २५ चैत्र २०७६, ०८ : ३६
4 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे जानकारि दिन ओलीले आज (मंगलबार) सम्बोधन गर्न लागेका हुन्। ओलीले बिहान ११ बजे सम्बोधन गर्ने स्रोतले जनाएको छ ।

उनी आफूले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए। उनले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गर्ने तयारी छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।