ताजा अपडेट »

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

सोमबार, २४ चैत्र २०७६, १७ : ०३
6 Shares

काठमाडौ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

चैत ५ गतेदेखि यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरका रुपमा चिन्तामणि शिवाकोटीलाई जिम्मेवारी दिइएको थियो । 

सरकारको निर्णयसँगै अधिकारी राष्ट्र बैंकको १७ औं गभर्नर भएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।