ताजा अपडेट »

बैशाख ३ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

सोमबार, २४ चैत्र २०७६, १६ : ५७
10 Shares

बुटवल । सरकारले लकडाउनको समय पुनः थप गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले चैत २५ गतेसम्मको लकडाउनको समय ८ दिन थपेर बैशाख ३ गते पुर्याएको छ ।

सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि चैत १६ गते बिहान ६ बजेसम्मको लागि पहिलो चोटी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि सरकारले फेरि ८ दिन लकडाउनको घोषणा गर्दै चैत २५ गते मध्यरातसम्मको लागि समय थप गरेको थियो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।

यस अघि बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको भन्दै एक प्रदेशदेखि अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत पनि कडीकडाउ गर्ने निर्णय गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।